Home समाचार कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा

कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा

4
0

चितवन, २ मङ्सिर : स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले पहिलोपटक यस किसिमको सम्मेलन यहाँ गर्न लागेको जनाएको छ ।

कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेलका अनुसार सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वनमन्त्री, कृषिमन्त्री, शिक्षामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अन्य विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति रहने छ । साथै कृषि विश्वविद्यालयका पूर्वउपकुलपति, रजिष्ट्रार र पदाधिकारीहरुको पनि उपस्थिति रहने उहाँले जानकारी दिनुभयो ।

यसैगरी एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थाहरुसहित विभिन्न दातृ निकायका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुनुहुने कट्टेलले बताउनुभयो । उहाँका अनुसार शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ । साथै जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्रहरु प्रस्तुत गरिने छ ।

कार्यक्रममा जापान, ताइवान, नेदरल्यान्ड र भारतका १० वैज्ञानिकसहित तीन सय भन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक कट्टेलले जानकारी दिनुभयो । “विदेशी र स्वदेशी वैज्ञानिकहरुको प्रस्तुतीकरण रहने छ । कार्यक्रमको पहिलो दिन उद्घाटनसँगै समूहगत छलफल थालिने छ”, उहाँले भन्नुभयो, “दोस्रो दिन समूहगत छलफल र प्राविधिक विषयगत प्रस्तुति तथा छलफल गरिने छ । अन्तिम दिन प्राविधिक तथा विषयक छलफलका साथै समापन गरिने छ ।”

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक, कृषि अनुसन्धानमा सरोकार राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घसंस्थाका प्रतिनिधि र प्राध्यापकको सहभागिता रहने संयोजक कट्टेलको भनाइ थियो । उहाँका अनुसार यस प्रकारको महत्वपूर्ण सम्मेलन पहिलोपटक गर्न लागिएको हो । यसले नयाँ उपलब्धिहरुको आदानप्रदान गर्ने छ भने अनुसन्धानलाई सहयोग पुग्नेछ

यो पनि पढ्नुहोस् :  स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous article‘को–हजबेन्ड’ ले जित्यो क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड
Next articleबुद्धले देखाउनुभएको शान्ति र शिक्षा अँगाल्नुको विकल्प छैन:मुख्यमन्त्री पाण्डे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here