हमासले बन्धक बनाएका १३ इजरायलीसहित २४ जना मुक्त

इजराइल र हमासबीच भएको सम्झौता बमोजिम हमासले बन्धक बनाएकामध्ये हालसम्म २४ जनालाई रिहा गरेका छन् । उनीहरुलाई इजरायल फर्काइएको छ ।
रिहा हुनेमा १३ जना इजरायली, १० जना थाई र एक जना फिलिपिनो रहेको मध्यस्तता गरिरहेको कतारले जनाएको छ । पहिलो चरणमा रिहा हुनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् ।
हमासको कब्जाबाट मुक्त हुनेमध्ये इजरायलका २, ४, ६ र ९ वर्षका चार जना बालबालिका र ८५ वर्षीया वृद्धा समेत रहेका छन् । इजरायल र हमास विद्रोही बीच चार दिने युद्ध विराम र बन्दी साटफेरको सम्झौता भएको हो ।
सम्झौता बमोजिम इजरायलले पनि जेलमा रहेका ३९ जना प्यालेस्टायनी कैदी रिहा गरेको छ । रिहा हुनेमा २४ जना महिला र १५ जना किशोरहरु रहेका छन् । उनीहरुलाई वेस्ट बैंकको बेतुनिया चेकपोइन्ट पार गराइएको छ ।
सम्झौता बमोजिम चार दिने अस्थायी युद्ध विरामको अवधिमा ५० जना इजरायली बन्दकलाई हमासले रिहा गर्ने र १ सय ५० जना प्यालेस्टायनी कैदीलाई इजरायलले मुक्त गर्नुपर्नेछ ।
युद्धविरामको अविधिमा गाजामा मेडिकल सामग्रीको आपूर्तिका साथै इन्धन र खाद्यान्न बोकेका १ सय ३७ वटा लरी इजिप्टबाट प्रवेश गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








