निर्देशक सुवेदीको चलचित्र ‘सतीदेवी’ को पोस्टरको चर्चा सर्वत्र

काठमाडौं । सामाजीक कथानक चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टरले सर्वत्र चर्चा पाएको छ । लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको पोस्टरमा अभिनेत्री मलिका महत तनावग्रस्त अबस्थामा भाग्दै गरेकोे देखिएकी छिन । उनलाई गाउँलेहरुले लखेटिरहेका छन् ।
यसअघिका चलचित्र तथा म्युजीक भिडियोका कारण लभर गर्लका रुपमा परिचीत भएकी मलिकालाई ‘सतीदेवी’ बाट चरित्रमा डुबेर अभिनय गर्ने मिहिनेती अभिनेत्रीका रुपमा लिन थालिएको छ । फस्र्टलुकबाटै चर्चाको चुलिमा परेको ‘सतीदेवी’ को अगामी दिनका प्रचार सामाग्री,टिजर,टेलर तथा गीत कस्तो होलान् भनेर अहिले दर्शकमाझ कौतुहलता बढेको पाइएको छ ।

‘सतीदेवी’ को फस्र्टलुकको तारिफ गर्दै दीपकराज गिरी,रेखा थापा,पूजा शर्मा,केकी अधिकारी,बर्षा शिवाकोटी,सुरक्षा पन्त,गजीत बिष्ट,प्रताप दासलगायतका सेलिब्रेटीले फेसबुकमा शेयर गरेका छन् भने सरोज खनाल,स्वस्तिमा खड्का,पल शाह,बर्षा राउत,कुन्साङ बमजनलगायतले इस्टामा शेयर तथा शुभकामना ब्यक्त गरेका छन् । सार्वजनिक पोस्टरलाई अधिकाम्स चलचित्र पत्रकारहरुले पनि सामाजिक संजालमा शेयर गर्दै तारिफ गरेका छन्।
सार्वजनीक पोस्टरमा रातो कुर्थासुरुवाल लगाएकी अभिनेत्री मलिका भाग्दै गरेकी छिन् । मुहारमा कालो मोसो दलिएको मलिकाको घाटीमा जुत्ताको माला भिराइएको देखिन्छ । उनका आँखाबाट आँशु झर्नुका साथै मुहारमा पीडाको पहाड प्रष्ट देखिन्छ । गाउँले पृष्टिभूमि चित्रित पोस्टर हेर्दा मलिकाले सामाजीक बिद्रोह गरेको आँकलन गर्न सकिन्छ ।
एउटा पोस्टरबाटै प्रयाप्त कुतुहलता जगाउन सफल चलचित्रमा मलिकाको भूमिका के हो ? त्यो भने निर्देशक सुवेदीले खुलाएका छैनन । उनले पोस्टरमा यो फिल्म आफ्नी स्वर्गबासी आमा तेजकुमारी र बा भक्तिराम सुवेदीमा समर्पित गरेको उल्लेख गरेका छन् ।
पोस्टरको एक छेउमा–‘इश्वरका उपहार,सृष्टि चलाउछन्,हैनन् कर्महारा, छोरी बुझौं,छोरी पुजौँ,यिनै संसार सारा..’ भन्ने कवितात्मक भाव प्रस्तुत गरिएको छ । जसबाट ‘सतीदेवी’ छोरी प्रदान चलचित्र भएको स्पष्ट संकेत मिल्दछ । निर्देशक सुवेदीले चलचित्र बिसुद्ध सामाजीक कथामा बनेको दावी गर्दै आइरहेका छन् ।
दिलासा कृएसन प्रालिले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्रको स्क्रिप्ट र गीत निर्देशक सुवेदी स्वयम्ले लेखेका हुन् । दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन् ।
मलिका शीर्ष भूमिकामा रहेको चलचित्रमा हर्षिका वली र मञ्जिला बाँनीया बालकलाकार अहम् भूमिकामा रहेको बताइन्छ । साथमा कुलदीप अधिकारी,सृजना अधिकारी,सन्दिपबाबु लोहनी,रमेश बुढाथोकी,भोला सापकोटा,सुजीता शिबाकोटी,सन्देश लिम्बू,मनिषा सापकोटा,बिमल श्रेष्ठ,इश्वरी सिंहलगायतका कलाकारले अभिनय गरेका छन् ।
दीपक शर्मा र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा प्रताप दास,दीपा लामा,ममता गुरुङ र सवीन सुवेदीको स्वर छ । बाबु श्रेष्ठले खिचेको चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् भने कोरियोग्राफी रामजी लामीछाने र पाश्र्व संगीत सम्राट थापाको छ । कुनाल कँुवरको कलर ग्रेडिङ रहेको चलचित्रको प्रदर्शन मिति छिट्टै सार्वजनीक गरिने बताइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २२, शुक्रबार ०१:११‘जारी २’ र ‘मन बिनाको धन’ आजबाट प्रदर्शनमा
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २१, बिहीबार २२:१७चलचित्र क्षेत्रका प्रतिनिधिहरूको मन्त्री खरेलसँग नीतिगत मागबारे छलफल
समाचार२०८२ कार्तिक २१, बिहीबार २१:४४कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे निरन्तर छलफल
समाचार२०८२ कार्तिक २१, बिहीबार १६:४६देशभर एकैसाथ भिटामिन ए र जुकाको औषधि खुवाउने क्रम भोलि पनि








