मानसिक समस्या पहिचान गर्न परामर्श सेवा

त्रिवेणी (रुकुम पश्चिम), १३ मङ्सिर । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै रहेको पाइएको छ । भूकम्पपछि प्रभावित क्षेत्रमा विभिन्न सङ्घसंस्थाको सहयोग तथा नगरपालिकाको समन्वयमा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको थियो । उक्त क्रममा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै देखिएको हो ।
पालिकाभर विभिन्न सङ्घसंस्थाको सहयोगमा मानसिक समस्या पहिचान भएका तीन सय ३१ मध्ये दुई सय १० महिला रहेका नगरपलिकाका स्वास्थ्य संयोजक प्रेमप्रकाश गिरीले जानकारी दिए । उनका अनुसार ३० बालबालिका र ९१ पुरुष रहेका छन् ।
मानसिक समस्या पहिचान भएका सबैलाई नगर अस्पतालमा शिविर आयोजना गरी मनोसामाजिक परामर्श दिनाका साथै औषधि प्रयोग गर्ने अवस्थाका बिरामीलाई औषधिसमेत दिएको गिरीले बताए । अपाङ्गता भएकाहरूलाई पनि शिविरमार्फत सेवा दिइएको थियो ।
अपाङ्गता भएकालाई चिकित्सक, मनोसामाजिक चिकित्सक, फिजियोथेरापिष्ट, स्त्री रोग विशेषज्ञ, नर्स, सिविआर सुुपरभाइजर, कृत्रिम सहायक सामग्री प्राविधिकको समूहले सेवा प्रवाह गरेको सिविआर संयोजक नित्रबहादुर देउजाले जानकारी दिए । शिविरमा सिएमसी नेपाल, सिएमवी ग्लोबल, एनएफडी कर्णाली प्रदेशको प्राविधिक सहयोग रहेको थियो ।
पहिलो पटक मानसिक समस्याको पहिचान भएकालाई शिविरमार्फत सेवा दिइएको हो । मानसिक समस्याको पहिचान गर्ने कार्य तीन महिनासम्म चल्ने भएकाले यसपछि समस्या देखिएका व्यक्ति तथा शिविरमार्फत सेवा लिएकालाई पनि आवश्यक परेमा मनोसामाजिक परापर्श शिविरको आयोजना गरी सेवा दिइने संयोजक गिरीले जानकारी दिए । मानसिक समस्याको पहिचान गर्न तथा भूकम्पपीडितको पीडा कम गरी आवश्यक सल्लाह सुझाव दिन वडावडामा शिविर सञ्चालन गरिएको उनको भनाइ थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १४, सोमबार १९:५४पारिवारिक कथा बोकेको ‘मालती मंगले’को ट्रेलर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १४, सोमबार १२:३१साउन्डमिल क्रिएसनमार्फत ‘नत तिम्रो’ सार्वजनिक
समाचार२०८३ बैशाख १४, सोमबार ०७:४८बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
समाचार२०८३ बैशाख १४, सोमबार ०६:३८नेत्रावती डवजोङमा महिलाका लागि दुई महिने सिलाई–कटाई तालिम सुरु







