जिल्ला प्रशासन कार्यालय काभ्रेको भवन निर्माण अघि बढाउन बाटो खुला

काभ्रे– लामो समयदेखि अलपत्र परेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको कार्यालय भवन निर्माणको कार्य अघि बढने भएको छ । निर्माण व्यवसायीको मुद्दापछि रोकिएको भवन निर्माण सम्वन्धिको मुद्दामामा मंगलबार सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयको पक्षमा फैसाला सुनाएसँगै भवन निर्माणको बाटो खुलेको हो ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले तोकिएको समय भित्र निर्माण सम्पन्न नगरेको भन्दै ठेक्का लिएको निर्माण कम्पनीसँग ठेक्का सम्झौता तोड्दै कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गर्नु भएको थियो ।
भवन निर्माणका लागि जि.एम कन्स्ट्रक्सनसँग १ बर्ष भित्र सक्ने गरी वि.सं २०६९ वैशाख १२ गते चार करोड ३२ लाख पाँच हजारमा ठेक्का सम्झौता भएको थियो । २०७० साउन १२ गते सम्पन्न गर्ने गरी कार्य थालनी गरेको भवन निर्माणको काम ०७५ साल सम्म पनि सम्पन्न नभएपछि ठेक्का सम्झौता तोडिएको थियो ।
उक्त निर्णय विरुद्ध व्यवसायी उच्च अदालत गएका थिए । उच्च अदालत पाटनले मुद्दामा निर्माण ब्यवसायीको पक्षमा फैसला सुनाएको थियो । सो फैसलाको विरुद्ध जिल्ला प्रशासन कार्यालयले सर्वोच्चमा पुनरावेदन लिएर गएको थियो ।
बुधबार सर्वोच्च अदालतले मुद्दाको अन्तिम सुनुवाई गर्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले गरेको निर्णयलाई सदर गर्दै उच्च अदालतको आदेशलाई उल्टाई दिने फैसला सुनाएको छ ।
सर्वोच्चको फैसला पछि अब अलपत्र परेको भवन निर्माण कार्य अघि बढाइने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १३, बुधबार ०८:३२काम भइरहेको छ, गरिरहेका छौँ भन्नेभन्दा पनि तथ्यमा आधारित भएर सुरक्षा प्रवन्ध गर्नुपर्यो : गृहमन्त्री अर्याल
समाचार२०८२ कार्तिक १३, बुधबार ०७:१३दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक १३, बुधबार ०६:५७बैतडीका अठार जनामा डेङ्गी सङ्क्रमण « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १२, मंगलवार २१:१८‘परान’ बाबु छोराको सम्बन्धमा आधारित भावनात्मक पारिवारिक कथा हो: निर्माता रञ्जित आचार्य







