सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम

धादिङबेशी,११ जेष्ठ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित सुनगाभा एकेडेमीको आयोजनामा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न भएको छ। विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बालबालिकाको मनोभावना बुझ्ने तरिका, उनीहरूको व्यवहार तथा मानसिक अवस्थालाई कसरी सही रूपमा पहिचान गर्ने, साथै अभिभावकले घरपरिवारबाट कस्तो सहयोग गर्नुपर्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी अभिभावकहरूलाई बालबालिकासँग सकारात्मक संवाद, भावनात्मक सहयोग र आत्मीय व्यवहारको महत्वबारे जानकारी गराइएको थियो।
कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले गर्नुभएको थियो। उहाँले बालबालिकाको मानसिक विकासमा अभिभावकको भूमिकालाई अत्यन्त महत्वपूर्ण बताउँदै बालमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। साथै, अभिभावकले बालबालिकाको कुरा ध्यानपूर्वक सुन्ने, उनीहरूको भावना बुझ्ने र आवश्यक साथ–सहयोग प्रदान गर्ने बानीको विकास गर्नुपर्ने सुझाव दिनुभयो। कार्यक्रममा सहभागी अभिभावकहरूले यस्ता विषयमा पहिलो पटक ज्ञान हासिल गरेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो।
उनीहरूले बालबालिकाको व्यवहार र मनोविज्ञानबारे नयाँ कुरा सिक्न पाएको अनुभव सुनाउँदै आगामी दिनमा आफूहरूले गर्ने व्यवहार तथा बानीहरूमा सकारात्मक सुधार गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि अभिभावक तथा विद्यार्थी लक्षित चेतनामूलक र परामर्शमूलक कार्यक्रमलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २१, आईतवार १३:४३सर्वाधिक जनसंख्या भएका १० मध्ये ८ देश किन पुगेनन् विश्वकपमा ?
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १८:१४कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २०, शनिबार १६:५९१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति









