कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

धादिङ,७ साउन

स्थानीय नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले उद्घाटन गर्नुभएको छ। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष खतिवडाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक भौतिक पूर्वाधार निर्माण तथा सेवा विस्तारमा विशेष जोड दिइरहेको बताउनुभयो।उहाँले नवनिर्मित भवन सञ्चालनमा आएपछि कुम्पुर क्षेत्रका नागरिकले सुरक्षित, व्यवस्थित र सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, भवन निर्माणसँगै स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक जनशक्ति, उपकरण तथा औषधिको व्यवस्थापनमा पनि गाउँपालिकाले ध्यान दिने बताउनुभयो।

कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यले स्वास्थ्य चौकीको भौतिक पूर्वाधार विकाससँगै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कर्मचारी र स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले स्वास्थ्य चौकीमा आउने सेवाग्राहीलाई सहज, सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। साथै, स्थानीय तहबाट उपलब्ध स्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउँदै सामान्य स्वास्थ्य सेवाका लागि नागरिकले टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।वडा नं. ६ का वडा अध्यक्ष सुरेन्द्रकुमार मगरले नवनिर्मित भवनले वडावासीलाई स्वास्थ्य सेवा लिन थप सहज हुने बताउनुभयो। उहाँले स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न हुनु वडाका नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै भवनको संरक्षण, सेवा प्रवाहको प्रभावकारिता तथा आवश्यक स्वास्थ्य सेवाको निरन्तरताका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

उद्घाटन समारोहका अवसरमा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुहुने स्थानीय समाजसेवी इन्द्रबहादुर घलेलाई सम्मान गरिएको थियो।वडा अध्यक्ष सुरेन्द्रकुमार मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष परशुराम खतिवडा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य, जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकरबाबु दुवाडीलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

यो पनि पढ्नुहोस् :  बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   1   =