एसइई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई चिल्ड्रेनपार्क आवासीय माविद्वारा सम्मान

एसइई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई चिल्ड्रेनपार्क आवासीय माविद्वारा सम्मान

धादिङ,११ जेठ

धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ। विद्यालयले उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान गरेको हो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीम प्रसाद ढुंगाना प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक षष्ठी कुमार श्रेष्ठले विद्यालयले हालसम्म सञ्चालन गरेका शैक्षिक कार्यक्रम, उपलब्धि तथा प्रगतिबारे जानकारी गराउँदै एसइई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुभयो। कार्यक्रममा एसइई २०८२ मा उत्तीर्ण ४१ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

एसइई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई चिल्ड्रेनपार्क आवासीय माविद्वारा सम्मान

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुंगानाले चिल्ड्रेनपार्क आवासीय माविले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सफल विद्यार्थीहरुलाई बधाई दिनुभयो। उहाँले विद्यालयले अभिभावकको चाहना र समयको आवश्यकता अनुसार गुणस्तरीय शिक्षामा ध्यान दिँदै आएको बताउनुभयो।नगरपालिकाले शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको उल्लेख गर्दै उहाँले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा समेत उल्लेखनीय सुधार आएको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो। अभिभावकहरुले विद्यालयप्रति धन्यवाद व्यक्त गर्दै चिल्ड्रेनपार्क आवासीय मावि बालबालिकाको दोस्रो घरका रूपमा स्थापित भएको प्रतिक्रिया दिएका थिए। विद्यालयले बालबालिकाको भावना बुझेर अध्यापन गरिरहेको अभिभावकहरुको भनाइ थियो। कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने अभिभावकहरूलाई विद्यालयप्रतिको विश्वास, सहकार्य र सकारात्मक भूमिकाका लागि विशेष सम्मान प्रदान गरिएको थियो।

 

विद्यार्थीहरूले प्रस्तुत गरेका सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरूले समारोहलाई अझ आकर्षक, उल्लासमय र स्मरणीय बनाएका थिए। यसैबीच  उत्कृष्ट नतिजा दिलाउन महत्वपूर्ण योगदान पुर्याउनु भएका अंग्रेजी शिक्षक दिपक रेग्मीलाई विशेष सम्मान गरिएको थियो। साथै लामो समयसम्म विद्यालयमा समर्पित सेवा प्रदान गरी बिदाइ हुनु भएका शिक्षिकाहरू मनिषा तामाङ, सजिना श्रेष्ठ र शान्ता चौलागाईंलाई सम्मानपत्र सहित बिदाइ गरिएको थियो। विद्यालय परिवारले SEE Batch 2082 का सम्पूर्ण विद्यार्थीहरूको सफलताको प्रशंसा गर्दै आगामी शैक्षिक यात्राका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस् :  फेवातालमा जेठ १८ गते 'तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता' हुने, तयारी तीव्र

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   9   =