कप्तानबाट रोहित ‘आउट’, दीपेन्द्रको नेतृत्वमा एसियन गेम्स क्वालिफायर टोली घोषणा

काठमाडौं, जेठ १० । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई कप्तानबाट हटाउँदै दीपेन्द्र सिंह ऐरी को कप्तानीमा एसियन गेम्स क्वालिफायरका लागि नयाँ टोली घोषणा गरेको छ।
क्यानले सार्वजनिक गरेको १४ सदस्यीय टोलीमा पूर्वकप्तान रोहित पौडेल पनि समावेश छन्। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम रहेका छन्।
एसियन गेम्स क्वालिफायर प्रतियोगिता मे ३१ देखि जुन ९ सम्म सिंगापुर मा आयोजना हुँदैछ। नेपालले आफ्नो पहिलो खेल मे ३१ बिहान ७:१५ बजे चीन विरुद्ध खेल्नेछ। त्यसपछि जुन २ मा कतार र जुन ४ मा मलेसिया सँग प्रतिस्पर्धा गर्ने तालिका छ। नेपाल रहेको समूहमा चीन, मलेसिया र कतार छन् भने अर्को समूहमा सिंगापुर, ओमान, हङकङ र बहराइन रहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा









