‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी

‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी

काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी नयाँ सिनेमा ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत गर्दै आकर्षक लुक्ससहितको पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा रातो पहिरनमा प्रस्तुत भएकी वर्षा आत्मविश्वासी र रहस्यमय अवतारमा देखिएकी छन् । उनको भावभंगिमा र हेराइले प्रेम, संघर्ष र कुनै गहिरो रहस्यको संकेत गर्छ । पोस्टरको अग्रभागमा देखाइएको एक युवकको कालो छायाँले कथामा थप उत्सुकता पैदा गरेको छ । ती पात्र को हुन् भन्ने विषय भने निर्माण टिमले गोप्य राखेको छ ।

पुराना घर र बस्तीको परिवेशसँग सुनौलो तथा मधुरो प्रकाशको संयोजनले पोस्टरलाई अझ भावनात्मक र सिनेम्याटिक बनाएको छ । निर्देशक राजबहादुर सानेका अनुसार सिनेमाको छायांकन भदौको दोस्रो सातादेखि सुरु हुनेछ ।

आहा फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको ‘गंगा रानी’का निर्माता कमलप्रसाद शर्मा हुन् । सिनेमाको लेखन तथा निर्देशन साने स्वयंले गर्नेछन् ।

यसैबीच निर्माण टिमले नयाँ कलाकारका लागि कास्टिङ कल पनि खुलाएको छ । टिमले ४ महिला र ४ पुरुष कलाकारको खोजी गरेको जनाएको छ । २० देखि ४० वर्ष उमेर समूहका पुरुष तथा १८ देखि ३५ वर्ष उमेर समूहका महिलाले आवेदन दिन सक्नेछन् ।

इच्छुक कलाकारहरूले आफ्नो परिचय भिडियो वा पोर्टफोलियोसहित aahafilmspvtltd@gmail.com मा आवेदन पठाउन सक्नेछन् । आवेदन अवधि जेठ २० गतेसम्म खुला रहने निर्माण टिमले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   8   =