चलचित्र ‘कङ्गारु’ मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित

काठमाडौँ। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्र‘कङ्गारु’मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्ध भएका छन् । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र निर्माण टिम बिच सोमबार औपचारिक सम्झौता भएको हो। निर्देशक सम्राटले केही समय अघि ‘कंगारु’ घोषणा गरेका थिए ।
सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता राजिव गुरुङ हुन्। कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिम भन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन् । फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।
चलचित्रको सह–निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलीया) कार्यकारी निर्माता रहेको चलचित्रको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलीया) रहेको छ । चलचित्रमा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ चलचित्रका प्रोडक्सन डिजाइनर दिलीप पन्त रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १२, बिहीबार ०९:०५तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १२, बिहीबार ०७:५९मोडलिङबाट अभिनयतर्फ उक्लिँदै सुरज गौतम, नेपाली फिल्ममा सक्रिय हुने तयारी
समाचार२०८२ चैत्र ११, बुधबार २१:३६पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
समाचार२०८२ चैत्र ११, बुधबार १८:५२सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयाेगकाे बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश








