पुजाको ‘दान्भी’ टिजर सार्वजनिक

काठमाडौँ। अभिनेत्री पुजा शर्माको केन्द्रिय भूमिका रहेको चलचित्र ‘दान्भी’को टिजर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै टिजर सार्वजनिक गरिएको हो । रुपेश तामाङको निर्देशनमा देव मगर र अनुप गडाल निर्माता रहेको चलचित्रको टिजरमा एक्सनलाई समावेश गरिएको छ । पवन राना मगर कार्यकारी निर्माता रहेको यो चलचित्रका सह–निर्माता कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन कुँवर हुन् ।
चलचित्रमा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालीको संगीत, हरि बहादुर घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन छ ।
चलचित्रमा पूजाको साथमा नव–नायक कुन्साङ बोमजमको मुख्य भूमिका छ । जुना फिल्मस्को ब्यानरमा यो चलचित्र तयार भएको हो । चलचित्रमा अभिनेता कुन्साङको भूमिकाले पनि दर्शकलाई सरप्राइज दिन्छ । यो चलचित्रको एक साताको छायांकन दार्जिलिङमा गर्ने तयारी समेत निर्माणपक्षले गरेको छ । चलचित्रको प्रदर्शन मिति केही समयमा नै तय गर्ने निर्देशक तामाङले जानकारी दिएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २५, सोमबार २१:३१रवि र बालेनलाई टेलिफोनबाट भारतीय प्रधानमन्त्री मोदीको बधाई
समाचार२०८२ फाल्गुन २५, सोमबार १८:१९नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी
समाचार२०८२ फाल्गुन २५, सोमबार १७:२६इलाम-१ बाट नेपाली काँग्रेसका निश्कल राई विजयी
समाचार२०८२ फाल्गुन २५, सोमबार १३:४४एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ








