शान्तिश्री र कृष्णको ‘धरहरामा बस्यो माया जाल’मा राज र सोफी(भिडियो)

काठमाडौं । शान्तिश्री परियार र कृष्ण काफ्लेको स्वरमा रहेको नयाँ गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सपना वानियाको शब्द, सुन्दर लामाको संगीत रहेको छ । आदित्य बुढाथोकीको निर्देशन र केशवराज भट्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा राज टाइगर र सोफी धरेललाई फिचरिङ गरिएको छ । राज र सोफीको जोडि भिडियोमा आकर्षक देखिएको छ । मानकृष्ण महर्जनको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको कलर रहेको छ । भिडियो सदिक्षा फिल्म्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार १४:२७विश्वमेध महायज्ञको तयारी अन्तिम चरणमा
कला, विचार/मनोरञ्जन२०८२ माघ २०, सोमबार ११:१९पूर्वी नेपालमा ‘कुमारी’मय माहौल: केहरको गीत र अबिषेक र आकृतिको नृत्यमा झुम्यो पूर्व, गृह नगरमा भावुक बने अबिषेक
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २०, सोमबार १०:५०अधिकांशमा आँखाको समस्या « रिपोर्टर्स नेपाल
खेलकुद२०८२ माघ २०, सोमबार ०८:१७पाकिस्तानले भारतसँग टी–२० विश्वकप नखेल्ने








