नोवेलले शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने विधि भित्र्याएपछि उपचारमा सहजता

नोवेलले शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने विधि भित्र्याएपछि उपचारमा सहजता

काठमाडौं, ६ पुस । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा भित्रिएको शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने उपचार विधिले विरामीलाई उचारमा सहज भएको छ । हस्पिटलले लेटाङ्गका २३ बर्षीय अमिस मगरको मुटुको प्वाल विना शल्यक्रिया टालिएको छ ।

नोवेलका मुटुरोग बिषेशज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए.एस.डी. क्लोजर (ASD Device Closure) प्रविधीबाट मुटुको जन्म जात प्वाल टालेको हो । त्यस्तै, नोवेलमा सोही प्रविधिको प्रयोगमार्फत राजविराजका २६ वर्षीय मञ्जुदेवी पण्डितको पनि मुटुको प्वालको पचार गरिएको छ ।

मुटुरोग विषेशज्ञ प्रा.डा. नेपालका अनुसार ए.एस.डी.भनेको मुटुमा हुने प्वाल हो । यो जन्म जात हुन्छ । धेरै मानिसहरुले यसलाई पहिला थाहा पाउदैनन् । पछिमात्र थाहा पाउछन् । किन भने लक्षण पछिमात्र देखा पर्न थाल्छ । अन्य कारणले इकोकार्डियोग्राम गर्दा थाहा हुन्छ । मुटुको प्वाल शल्यक्रिया गरेर वा नशाबाट छाता जस्तो सामाग्री (ए.एस.डी.डिभाईस) छिराएर प्वाल परेको स्थानमा टाल्ने गरिन्छ । मुटु जाँचको क्रममा टी.ई.ई. भन्ने परीक्षण गरे पश्चात भोको रहेको ६ घण्टापछि क्याथ ल्यावमा यो प्रकृया गर्ने गरिन्छ । १५ देखि २० मिनटमा हुने यो प्रकृया सकिएको २३ घण्टापछि खाना खान मिल्ने हुन्छ । मुटुको प्वाल टालेको एक दिनपछि विरामीलाई घर पठाउन मिल्ने डा. नेपालको भनाई छ ।

नोवेलमा उक्त प्रविधिबाट मुटुको प्वाल टाल्ने विरामीको संख्या अहिले बढेको छ । मुटु रोगको पहिचान, सवै प्रकारका मुटुका समस्याहरुको उपचार र नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतका सेवा उपलव्ध हुने भएकोले विरामीलाई नोवेल आई उपचार गर्न सहज भएको महाप्रबन्धक दिपेश राईले जानकारी दिए ।

नोवेलमा मुटु रोग, फोक्सो रोग, न्यूरो सर्जरी, न्यूरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, अन्कोलोजी, इण्डोक्राइनोलोजी, हेपाटोलोजी, यूरो सर्जरी, ल्यापारोस्कोपिक सर्जरी, आई.भि.एफ., हेपाटो सर्जरी, बाथ रोग लगायतका विशिष्ट सेवाहरु लिन सकिन्छ । नोवेलमा पूर्वी नेपालका र भारतीय विरामीहरुको चाप उच्च हुने गरेको छ ।

यो पनि पढ्नुहोस् :  नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   5   =