उत्कृष्ट नृत्य निर्देशकको अवार्ड सुनिललाई

काठमाडौं । नृत्य निर्देशक सुनिल गिरीले उत्कृष्ट नृत्य निर्देशकको अवार्ड प्राप्त गरेका । उनले काठमाडौंमा सम्पन्न भएको ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ समारोहमा उक्त अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । दर्जनौं भिडियो निर्देशन र ‘घातक मान्छे’, ‘बनबास’, ‘अन्त्य, ‘ज्यानमारा’, ‘प्रतिघात’ जस्ता आधा दर्जनजति चलचित्रमा गिरीले नृत्य निर्देशन गरिसकेका छन् ।
नेपालकै पहिलो नृत्य निर्देशक एवं नृत्य सम्राट भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा र एनडिएका अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा काठमाडौं राष्ट्रिय नाँचघर जमलमा अवार्ड कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न २४ नृत्य विधामा अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड कार्यक्रमको मनोनितका लागि निर्णयक समूहमा नृत्य निर्देशकहरू शम्भु शाही, गोबिन्द प्रभात र कृष्ण रसाल रहनुभएको थियो भने अन्तिम फाईनलका लागि निर्णयकहरूमा वरिष्ठ नृत्य निर्देशकहरू भुवनदास श्रेष्ठ, कमल राई, डा.आर.सी.कोइराला, रोचक थापा, जोगेन्द्र केसी र प्रदीपरमण सिंह डंगोल रहेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार १५:५७मतदान सामग्री सहित टाढाका मतदान स्थलमा खटाइयो कर्मचारी
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:३९आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:०२प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’
समाचार२०८२ फाल्गुन १८, सोमबार ०६:५५धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन








