सम्झन्छु म तिमीलाईमा रोमान्टिक अवतारमा देखा परे रबिन र सोफी

काठमाडौँ । गायक रबिन बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ ।
कुमार केसीको मिक्सिगं तथा मास्टरिगं रहेको सार्वजनिक गीतमा एक दृष्टिविहिन युवतीको रोमाञ्चक प्रेम र उनलाई सुख दुस् खमा साथ दिने प्रेमीको चोखो मायाको निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।
माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको सम्झन्छु म तिमीलाई बोलको गीतमा गायक बर्तौला र सुन्दरी सोफी धरेल गज्जबसँग खुलेका छन् । भिडियोमा गायिका प्रेक्षा लम्सालको पनि अभिनय देख्न सकिन्छ । उत्तम हुमागाईको छायांकन रहेको सार्वजनिक गीतको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने कलरिगं प्रविन ढकालले गरेका हुन् । भिडियो गायक स्वयमकै अफिसियल च्यानल रबिन बर्तौलाबाट बजारमा आएको हो । गायक बर्तौला पेशाले सिभिल इञ्जििनियर हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख १९, शनिबार ०७:३५दिल्लीले राजस्थानलाई हरायो, आज चेन्नई र मुम्बई भिड्दै
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १९, शनिबार ०७:१३११ वर्षीया प्रियंकाको आठ वर्षपछि आँखाको ज्योति फर्किँदा…
समाचार२०८३ बैशाख १९, शनिबार ०६:४२सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १८, शुक्रबार २२:४३‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक








