चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक

काठमाडौँ। फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ ।
चलचित्रको सार्वजनिक गीतमा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना रहेको छ । कविराज गहतराजको कोरियोग्राफी सार्वजनिक गीतको भिडियोमा हेर्न सकिन्छ ।
सार्वजनिक गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी र विनोद कुमार पौड्याललाई फिचर्ड गरिएको छ । ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित रहेकाले फिल्ममा हाँस्यरसदेखि रोदनसम्म सबै कुराको समिश्रण रहेको निर्देशक देउजा बताउँछन् ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको ‘उपहार’मा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाल लगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।
रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १३, बुधबार ०७:१८पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा
समाचार२०८२ फाल्गुन १३, बुधबार ०६:५७परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १२, मंगलवार २१:०८चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुभारम्भ
समाचार२०८२ फाल्गुन १२, मंगलवार २०:४६‘जेन-जी परिषद्’ गठन गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत








