सीपबिल्डिङमा सहभागीलाई उत्पादनशील क्षेत्रमा फारम भर्ने समय थप

काठमाडौँ– वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले सीपबिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ । आज बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप गरिएको विभागद्वारा आज जारी सूचनामा उल्लेख छ ।
यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ गतेदेखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकिएको थियो । नयाँ सूचनाअनुसार परीक्षार्थीले अब पुस २० गतेसम्म फारम भर्न पाउने छन् ।
विभागले पुस १३ गते ललितपुर महानगरपालिका–७ बालकुमारीमा दुःखद् घटना घट्न गई दुई जनाको मानवीय क्षति हुन गएको र मृतकको अन्तिम संस्कारमा फारम भर्ने परीक्षार्थी समावेश हुनसक्ने देखिएको तथा फारम भर्न सुरु भएको पहिलो दिन प्राविधिक कारणले प्रणालीमा समस्या देखिएकाले दुई दिनको समय थप गरिएको जनाएको छ ।
—
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १३, शुक्रबार १५:३६नवनियुक्त सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा पदभार ग्रहण
समाचार२०८२ चैत्र १३, शुक्रबार १३:३७यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १३, शुक्रबार ०९:२८‘हामी तीन भाइ’ प्रदर्शनमा | Celebrity Nepal
खेलकुद२०८२ चैत्र १३, शुक्रबार ०८:४२बाँकी ५० खेलको तालिका सार्वजनिक « रिपोर्टर्स नेपाल







