यश कुमारको ‘तिमी छौ र त’को भिडियो सार्वजनिक

काठमाडौँ। गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक गरिएको हो।
मन्त्री किँरातीले गायक यश कुमारको जीवनीसँग प्रभावित भएको जानकारी गराउदै ‘बालुवाको फूल’ भन्दै अरुका लागि उदाहरण बन्ने जिकिर गरेका छन् । गायक यश कुमारले बाल्यकालमा खोला किनारको वस्तीमा बालुवा चालेर जीविकोपार्जन गरेको स्मरण गर्दै मन्त्री किँरातीले उनको प्रसंशा गरेका थिए । गायक यश कुमारले गीत संगीतको माध्यमले मनोरंजनसँगै संदेश प्रभाव गर्न खोजेको बताए ।
‘मैले सुरुआती समयदेखी नै गीतसंगीतले पार्ने प्रभावको बारेमा बुझेर त्यहिँ अनुरुप सिर्जना गरिरहेको छु । यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु । यसले समाजमा थोरै भएपनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छुु, यश कुमारले भने । सार्वजनिक गीतको भिडियोमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारले अभिनय गरेका छन् ।
गायक यश कुमारले मंगलबार नयाँ गीत ‘तिमी छौं र त’ सार्वजनिक कार्यक्रममा प्रेमले कुनैपनि जात नहेर्ने बताएका छन् । आफुले यो गीतमा ब्राहामण समुदायको युवा र लिम्बु समुदायकी युवतीबीचको प्रेम बुनेर म्युजिकल सिनेमा निर्माण गरेको उल्लेख गरेका छन् ।
गायक यशले यो गीतलाई आफुले मौलिक र टिपिकल देखाउन लिम्बु समुदायको बोलीचालीको भाषा प्रयोग गरेकाले यसलाई दर्शकहरुले अश्लिल शब्दको रुपमा बुझेर गाली नगरी दिन आग्रह समेत गीत रिलिज कार्यक्रममा गरेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३, आईतवार ०६:५५कोलकाताले गुजरातलाई हरायो, आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन









