‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक मिरुना र दया प्रेममा
![‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक मिरुना र दया प्रेममा ‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक मिरुना र दया प्रेममा](https://celebritynepal.com/wp-content/uploads/2024/01/rangeli-poster-.jpg)
काठमाडौँ। अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै नेपाली चलचित्र ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई आमने सामने बनाइएको छ भने अर्को पोस्टरमा दयाहाङ र मिरुनाको प्रेम झल्काइएको छ । यसअघि प्रवीण खतिवडासहित राई, थापा र मगरका पात्र अनुसारका पोस्टर सार्वजनिक गरिसकिएको छ ।
आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने यस चलचित्रको यसै साता टिजर सार्वजनिक गर्ने तयारी रहेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन रहेको ‘रङ्गेली’मा अर्पण, दयाहाङ, मिरुना, प्रवीण, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।
अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।
जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल चलचित्रको डिजिटल वितरक हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास