बनेपामा जेष्ठ नगरिकलाई कृतिम दाँत राख्न निःशुल्क दन्त स्वास्थ्य शिविर

काभ्रे- बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दात फुक्लेका ६० बर्षभन्दा माथिका नगरिकलाइ कृतिम दाँत राख्न निःशुल्क दन्त स्वास्थ्य शिविर सुरु गरेको छ ।
नगरको १४ वटै वडामा संचालन हुने शिविर वडा नं.१ बाट शुरु भएको हो । प्रत्येक वडामा एक दिन संचालन हुने शिबिरमा दाँतका समस्या भएका जेष्ठ नागरिकले निशुल्क दन्त शिविरमा उपचार गराउन सकिने नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख शान्ति रत्न शाक्यले जेष्ठ नगरबासीहरुका अनुहारमा हाँसो ल्याउनका लागि उक्त शिविर शुरु गरिएको बताउनुभयो । नगरपालिकाले यो शिविर अघि रेयुकाइ आँखा अस्पतालको समन्वयमा मोतिविन्दुको निशुल्क अप्रेशन, महिलाको पाठेघर मुखको जाँच, लगायत विभिन्न स्वास्थ्य शिबिर संचालन गर्दै आएको नरग प्रमुख शाक्यले जानकारी दिनुभयो ।
कार्यक्रममा उपप्रमुख विमला सापकोटाले ‘महिलासँग उपमेयर कार्यक्रम’ अन्तर्गत महिलाहरुको क्षमता अभिबृद्धि र नेतृत्व विकासका तालिम, सिप विकास तालिम प्रदान गर्दै आएको बताउनुभयो ।
नगरपालिकाले जेष्ठ नागरिकहरुका लागि मेयरसँग नगर स्वास्थ्य कार्यक्रम अन्तर्गत आवश्यकता पहिचान भएका ६० बर्ष भन्दा माथिका सबै नागरिकको निशुल्क दाँत राख्न लागिएको प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिनुभयो ।
चापागाईका अनुसार, पहिचानका लागि नगरपालिकाले सबै वडाका आधारभुत स्वास्थ्य सेवा केन्द्र र बनेपा आधारभुत नगर अस्पतालमा दन्त स्वास्थ्य शिविर गरिने जानकारी दिनुभयो ।
बनेपा वडा नम्बर १ बाट सुरु भएको शिबिरमा वडा नं १ का अध्यक्ष कमल प्रसाद घिमिरे, स्वास्थ्य शाखा प्रमुख महेश्वर श्रेष्ठ, लगाएतको सहभागिता रहेको थियो । शिविर आगामी माघ ७ गतेसम्म संचालन हुनेछ ।
शिविर बनेपामा रहेको सुप्रिम डेन्टल र समाज डेन्टलको प्राविधिक सहयोगमा सुरु भएको हो । बुधबार देखि सुरु भएको शिविरमा शुक्रबारसम्म चार सय भन्दा बढी ६० बर्षभन्दा माथिका नगरिकले सेवा लिएका छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २, बिहीबार १८:२६अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको मनोबल उच्च हुनुपर्छ: गभर्नर पौडेल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २, बिहीबार १८:१६चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक
समाचार२०८२ आश्विन २, बिहीबार १८:१५नीलकण्ठ नगरपालिकाको गत आर्थिक बर्षको बार्षिक समिक्षा सम्पन्न
समाचार२०८२ आश्विन २, बिहीबार १७:५८‘बिजनेस रिकभरी प्लान’ मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भइरहेको छ: अर्थमन्त्री खनाल