सर्लाहीको बरहथवामा आन्दोलनरत पक्ष, मृतकको आफन्त र प्रशासनबीच सहमति

सर्लाही- सर्लाहीको बरहथवमा भएको घटनालाई लिएर आज ११ बुँदे सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा अस्पताल स्तरोन्नति गर्नुपर्ने पक्ष, आन्दोलनका क्रममा मृत्यु भएकाको आफन्त र स्थानीय प्रशासनबीच भएको छलफल सहमतिमा टुंगिएको हो ।
बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको बनाउने प्रक्रिय अघि बढाउने, सो अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशङ्कर साहको नामबाट नामाकरण गर्ने, मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने लगायत विषय सहमतिमा उल्लेख छन ।
यो सहमतिसँगै गएको शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशङ्कर साहको शव आजै घटनास्थलबाट उठ्ने भएको छ ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख, आन्दोलित दलका नेता र पीडित पक्षबीच सहमती भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
छलफलमा सहभागी प्रदेश सभा सदस्य कौशलकिशोर रायले मृतकको शव आजै उठाएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउनेसहितका सहमति भएको जानकारी दिनुभएको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ ।
जारी गरिएको कर्फ्यू आदेशका बारेमा भने जिल्ला प्रशासन कार्यालयले थप केही कुरा भनेको छैन ।
यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएको भन्दै कर्फ्यू जारी गरिएको हो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न