‘बाह्रौँ फेल’ की अभिनेत्री मेधाको रणवीरसँग काम गर्ने सपना

एजेन्सी । ‘बाह्रौँ फेल’ फेलकी अभिनेत्री मेधा शंकरले यो फिल्मबाट धेरै तारिफ पाएकी छिन् । उनको चरित्रमा देखाइएको शालीनतालाई दर्शकले मन पराएका छन् । ओटीटीमा फिल्म रिलिज भएपछि मेधा शंकर सामाजिक सञ्जालमा रातारात लोकप्रिय भइन् । हालैको एक अन्तर्वार्तामा मेधाले आफू रणवीर कपुरसँग काम गर्न चाहेको बताइन् । मेधाले ‘बाह्रौँ फेल’ मा श्रद्धाको भूमिका निभाएकी छिन् ।
बलिउड हंगामासँगको कुराकानीमा मेधा शंकरलाई कुन बलिउड अभिनेतासँग काम गर्न मन छ भनेर सोधियो थियो । उनले तुरुन्तै रणवीर कपूरको नाम लिएकी थिइन्। यसबाहेक अभिनयमा करियर बनाउन कसरी आफ्नो बुवालाई मनाउनुपर्यो भन्ने पनि अभिनेत्रीले खुलाइन् । मध्यमवर्गीय परिवारबाट आएकी उनको अभिनेत्री बन्ने सोचले बुबालाई ठुलो धक्का लागेको बताइन् । मेधाले भनिन्, ‘जब मैले यसबारे बुबासँग पहिलो पटक कुरा गरेँ, उहाँले मलाई सोध्नुभयो – के तिम्रो दिमाग हरायो ?’
अभिनेत्रीले भनिन्, ‘अभिनय पढाइमा राम्रो गर्न नसक्ने मानिसहरूको लागि हो भन्ने बुबालाई लाग्थ्यो ।‘ तर, मेधाले पढाइमा स्नातकोत्तर गरेकी थिइन् । जसका कारण उनले बुवासँग अभिनय गर्न २ वर्षको समय मागेका थिए । तर ती दुई वर्षमा केही राम्रो भएन । यता मेधाका बुवाले उनलाई अर्कै काम गर्न आग्रह गरिरहेका थिए । मेधाले फेरि बुवासँग दुई वर्षको समय मागिन् । यसपटक भने उनले मुम्बई आएर आफ्नो सपना पूरा गर्ने विश्वास लिएकी थिइन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २९, बुधबार ०६:१७उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार २१:१५चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन
समाचार२०८२ माघ २८, मंगलवार २०:२०फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार १६:२१गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने








