धिरज र उपासनाको चलचित्र ‘खुस्मा’ निर्माण घोषणा

काठमाडौँ। चलचित्र ‘खुस्मा’ निर्माणको औपचारिक घोषणा गरिएको छ। माघे संक्रान्तिको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो। चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरी प्रमुख भूमिकामा हुनेछन्। यो उनीहरुको पहिलो सहकार्य हो। चलचित्रलाई अशोक थापा मगरले निर्देशन गर्नेछन्। थापा विभिन्न ९ वटा अन्तरर्राष्ट्रिय फिल्म फेस्टिवलमा पुरस्कृत भइसकेका छन्। दुई वटा सुटिङ तालिकामा खिचिने चलचित्रका निर्माता बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी हुन्।
चलचित्र ‘खुस्मा’मा एस डी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् भने दिपक बज्राचार्य छायाँकार रहनेछन्। चलचित्रमा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ । प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १४, शनिबार ०७:१०प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो- गृहमन्त्री गुरुङ
समाचार२०८२ चैत्र १३, शुक्रबार १७:५०नीलकण्ठ बहुमुखी क्याम्पसको दोस्रो दीक्षान्त समारोह सम्पन्न, ९० जना विद्यार्थी दीक्षित
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १३, शुक्रबार १७:१४‘यानीमाया’को फस्टलुक सार्वजनिक, पल र अञ्जनाको प्रेमिल जोडी
समाचार२०८२ चैत्र १३, शुक्रबार १५:३६नवनियुक्त सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा पदभार ग्रहण







