परम्पराको बिँडो थाम्न गोरु जुधाउने प्रतियोगिता

काठमाडौँ- माघे संक्रान्तिको दिन आज रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीमा गोरु जुधाउने प्रतियोगिता सम्पन्न भएको छ ।
प्रत्येक बर्ष माघे संक्रान्तिका दिन बेत्रावतीमा गोरु जुधाउने मेला आयोजना गरिँदै आएको छ ।
मेलामा रसुवा र नुवाकोटका किसानहरुले पालेका नौ हल गोरु जुधाइएको थियो ।

नेपाल र तिब्बतबीच विक्रम संवत १८४९ मा असोज १७ गते बेत्रावती सन्धि भएको खुसियालीमा मनाइने गोरु जुधाइले ग्रामीण पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने बिश्वाशका साथ हरेक बर्ष माघे संक्रान्तिका दिन गोरु जुधाइ मेला आयोजना गरिएको हो ।
बेत्रावतीमा गोसाइँकुण्ड युवा क्लबले ०५३ साल देखि व्यवस्थित रुपमा गोरु जुधाउने मेला सञ्चालन गर्दै आएको छ ।
विजेता तथा सहभागी गोरु धनीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
यो प्रतियोगितालाई स्थानीय युवाहरुले परम्पराको बिँडो थाम्नकै लागि भएपनि गर्ने गरिएको बताएका छन ।
विक्रम संवत १८८७ सालदेखि नुवाकोटको तारुकामा सुरु भएको गोरु जुधाइलाई ०६२ सालदेखि स्थानीय युवाहरुले संस्कृतिको संरक्षण तथा पर्यटनको प्रवर्द्धनमा केन्द्रित रहेर व्यवस्थित रुपमा आयोजना गर्ने गरेका छन ।
गोरु जुधाइ हेर्न रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका लगायतका ठाउँहरुबाट हजारौँ मानिसहरु बेत्रावती र शेराबगर,तारुका तथा पन्चकन्याको पीपलडाँडा पुगेका थिए ।

यसैगरी, धादिङ्गको नीलकण्ठ नगरपालिकास्थित धुवाँकोटको भंगेरीमा पनि गोरु जुधाउने प्रतियोगिता सम्पन्न भएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १३, शुक्रबार १७:१४‘यानीमाया’को फस्टलुक सार्वजनिक, पल र अञ्जनाको प्रेमिल जोडी
समाचार२०८२ चैत्र १३, शुक्रबार १५:३६नवनियुक्त सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा पदभार ग्रहण
समाचार२०८२ चैत्र १३, शुक्रबार १३:३७यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १३, शुक्रबार ०९:२८‘हामी तीन भाइ’ प्रदर्शनमा | Celebrity Nepal







