जनवरीमा श्रीलङ्कामा ५ हजारभन्दा बढी डेंगीका बिरामी

कोलम्बो, २ माघ । श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म ५ हजारभन्दा बढी डेंगी सङ्क्रमित बिरामी फेला परेका छन् । राष्ट्रिय डेंगी नियन्त्रण एकाइले मङ्गलबार जनाए अनुसार जनवरीको पहिलो आधामा ५ हजार ८२९ जनामा सङ्क्रमण देखिएको उल्लेख छ।
पश्चिमी प्रान्तमा सबैभन्दा बढी १ हजार ९५६ मामिलाहरू रिपोर्ट गरिएको छ भने, उत्तरी प्रान्तमा १ हजार ३९० मामिलाहरू छन्।गत वर्ष, श्रीलङ्कामा ८८ हजार ३९८ डेंगीका घटनाहरू रिपोर्ट गरिएको थियो जसमा ५७ जनाको मृत्यु भएको थियो ।
जनवरीको शुरुमा, स्वास्थ्य मन्त्रालयले देशमा लामखुट्टेबाट हुने रोगको फैलावट रोक्न देशव्यापी डेंगी रोकथाम सप्ताह घोषणा गरेको थियो। रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख १९, शनिबार ०७:३५दिल्लीले राजस्थानलाई हरायो, आज चेन्नई र मुम्बई भिड्दै
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १९, शनिबार ०७:१३११ वर्षीया प्रियंकाको आठ वर्षपछि आँखाको ज्योति फर्किँदा…
समाचार२०८३ बैशाख १९, शनिबार ०६:४२सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १८, शुक्रबार २२:४३‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक








