सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ४० देशका ८८ फिल्म छनोट

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)ले छनोट फिल्मको ‘लाइनअप’ सार्वजनिक गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ४० देशका ८८ फिल्म छनोट भएको जानकारी दिइयो । निफको सातौं संस्करण चैत १ देखि ५ गतेसम्म काठमाडौंमा हुँदैछ । क्यूएफएक्सका सिभिल, लबिम, भक्तपुर र छाया सेन्टरमा रहेका मल्टिप्लेक्समा फिल्म देखाइने भएको छ ।
निफमा छनोट भएका फिल्मको लाइनअप हेर्दा थुप्रै फिल्म कान्स, लोकार्नो, बर्लिन लगायतका फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा फेस्टिभललाई विभाजन गरिने र फिचर, लघु र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने उल्लेख छ ।

जसमा १७ फिचर, ५१ छोटा फिल्म र २० डकुमेन्ट्री फिल्म छन् । १४ विधामा पुरस्कार वितरण हुने जनाइएको छ । फिल्म प्रदर्शनसँगै फिल्मका विभिन्न विधासँग सम्बन्धित कार्यशाला, छलफल र अन्तरक्रिया पनि गरिने जनाइएको छ । नेपाल पानोरमा अन्तर्गत नेपाली फिचर फिल्ममा कमल एक्चै मगरको निर्देशनमा बनेको डेसान,झरना थापाको निर्देशनमा बनेको एक भगवत एक गीता,सनोल दास निर्देशित पखेटा र लक्ष्मण सुनार निर्देशित बुलाकी सेलेक्सनमा परेका छन्।
आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले फेस्टिभललाई मोफसलमा प्रदेश स्तरमा पनि बिस्तारको तयारी भएको बताए ।अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिको गौतम बुद्ध अवार्ड दिइने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्मबाट एउटालाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विहोटे अवार्ड’ प्रदान गरिने भएको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कलाकार निर शाहले नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रुपमा विकास हुन नसकेको बताएका छन् । उनले नेपालमा अहिलेसम्म पनि चलचित्र नामको कर्म मात्रै रहेको बताए । कलाकार शाहले चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले देशमा नेपाली सिनेमा देखाउने चलचित्र घर नै नरहेको बताए ।
उनले भने, ‘ हामीसँग चलचित्र नामको कर्म छ, तर त्यो उद्योग हुनसक्यो कि सकेन ? त्यसमा अध्ययन गर्न जरुरी छ । हामी राष्ट्रिय चलचित्र उद्योग भन्छौँ, त्यो उद्योग हुनसक्यो की सकेन भन्नेमा विश्लेषणात्मक अध्ययनको जरुरी छ । मेरो विचारमा हुन सकेको छैन । राष्ट्रिय पनि हुन सकेको छैन । उद्योग पनि हुन सकेको छैन । चलचित्र चाहीँ छ । चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु आजको हाम्रो चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौती हो ।’
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २७, शुक्रबार १०:५६आइतबार पनि ओपीडी सेवा खोल्न अस्पताललाई सरकारको निर्देशन
समाचार२०८२ चैत्र २७, शुक्रबार १०:३६संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुने
समाचार२०८२ चैत्र २७, शुक्रबार १०:२६नीलकण्ठमा आमा समूहका लागि नेतृत्व विकास तालिम
समाचार२०८२ चैत्र २६, बिहीबार १९:२३नेपाली सेनाका नयाँ अधिकृतहरुलाई राष्ट्र सेवामा समर्पित हुन प्रधानमन्त्री शाहको आग्रह








