एनपिएलः कर्णालीद्वारा काठमाडौँलाई १५० रनको लक्ष्य

काठमाडौँ, १४ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को १९औँ खेलमा आज कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनायो । जसमा गुल्शन झाले सर्वाधिक ४९, पवन सराफले ३५, मार्क वाटले ३० रन जोडे ।
बलिङतर्फ काठमाडौँका राशिद खान सर्वाधिक दुई विकेट लिए । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चार खेलबाट एक खेल मात्रै जितेको छ । दुई अङ्क मात्रै जोडेको कर्णाली छैटौँ स्थानमा छ । ‘प्लेअफ’मा यात्राको बाटोमा रहिरहन उसलाई आजको जित आवश्यक छ ।
करण केसी नेतृत्वमा रहेको काठमाडौँले पाँच खेलबाट तीन खेल जितेर तेस्रो स्थानमा छ । ‘प्लेअफ’ यात्रामा जोडिन काठमाडौँका लागि पनि यो खेल महत्वपूर्ण हुनेछ । जारी प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स पाँच जितका साथ प्लेअफमा सुरक्षित भइसकेको छ ।
नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?








