नेपाल स्कटल्यान्डसँग पराजित « रिपोर्टर्स नेपाल

काठमाडौं, वैशाख २९ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो ।
स्कटल्यान्डले नेपाललाई जितका लागि २४४ रनको लक्ष्य दिएको थियो । तर नेपालले जवाफी ब्याटिङ गर्ने क्रममा वर्षा अवरोध भएको थियो । त्यसपछि खेल डकवर्थ–लुइस पद्धतिका आधारमा नेपालले ३९ ओभरमा २२१ रनको नयाँ लक्ष्य पाएको थियो । जसमा नेपाल ३९ ओभरमा ७ विकेट गुमाएर २१८ रनमा समेटियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ३५ बलमा २ चौका र ५ छक्काको सहयोमा अविजित ६१ रन बनाएका हुन् ।
त्यस्तै, उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय इनिङ खेले । आसिफ शेख २१, कप्तान रोहित पौडेल ३२ तथा करण केसी १८ रनमा आउट भए । नन्दन यादव ८ रनमा अविजित रहे ।
बलिङतर्फ स्कटल्यान्डका ब्राड करिले ३, मार्क वाटले २ तथा ओलिभर डेविडसन र ज्याक जाभ्रिसले समान १/१ विकेट लिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रनको योगफल बनाएको थियो ।
स्कटल्यान्डका लागि जर्ज मुन्सीले आक्रामक ब्याटिङ गर्दै ६२ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।
त्यस्तै, फिन्ले म्याकक्रेथले ३५ रन जोड्दा माइकल इङ्ग्लिस ३४ रनमा अविजित रहे । अन्त्यतिर माइकल लिस्कले २९ तथा मार्क वाटले २४ रन थपेपछि स्कटल्यान्ड सम्मानजनक योगफलतर्फ पुगेको थियो । नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, करण केसी र नन्दन यादवले समान २/२ विकेट लिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख २९, मंगलवार २०:५१नेपाल स्कटल्यान्डसँग पराजित « रिपोर्टर्स नेपाल
समाचार२०८३ बैशाख २९, मंगलवार २०:४६धादिङबेंसीमा कृषक लक्षित जैविक प्रविधि प्रदर्शनी र बाली स्वास्थ्य शिविर सम्पन्न
समाचार२०८३ बैशाख २९, मंगलवार २०:३९आगामी आवको बजेटमा यस्ता छन् अर्थमन्त्रीका प्राथमिकता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २९, मंगलवार २०:३८पारिवारिक सम्बन्ध र प्रेमको कथा बोकेको ‘काजी’को ट्रेलर सार्वजनिक








