आज नेपाल र स्कटल्याण्ड भिड्दै « रिपोर्टर्स नेपाल

काठमाडौं, वैशाख २९ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको आजदेखि नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज सुरु हुँदैछ। सिरिजको पहिलो खेलमा आज घरेलु टोली नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टियु मैदानमा हुन लागेको खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछ।
यसअघि घरेलु मैदानमै भएको नेपाल, यूएई र ओमानबीचको श्रृङ्खलामा नेपालले चारमध्ये तीन खेलमा जित निकालेको थियो।नेपाल ‘ए’ टीमले अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिज क्लीन स्वीप गरेसँगै राष्ट्रिय टीमको मनोबल बढाएको छ। नेपाली टोलीलाई घरेलु मैदानको फाइदा उठाउन राम्रो मौका रहेको छ।
लिग–२ को अंकतालिकामा अमेरिका शीर्षस्थानमा छ। २४ खेलमा १८ जित तथा ६ हारको नतिजासहित उसले ३६ अंक जोडेको छ। यस्तै, २८ खेलमा १४ जित र ८ हारको नजितासहित ३४ अंक बटुलेको स्कटल्याण्ड दोस्रो स्थानमा छ भने नेपाल२४ खेलबाट ८ जित र १४ हारको नतिजासहित १८ अंकसहित सातौं स्थानमा छ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २९, मंगलवार ०८:११सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण
खेलकुद२०८३ बैशाख २९, मंगलवार ०७:३५आज नेपाल र स्कटल्याण्ड भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ बैशाख २८, सोमबार २१:२५नेत्रावतीमा साइवर सुरक्षा तथा मनोपरामर्श तालिम सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २८, सोमबार २१:१९चलचित्र ‘मितज्यू’ को ट्रेलर सार्वजनिक,दयाहाङ,सौगात र टेरियाको नोकझोक








