धादिङबेंसीमा कृषक लक्षित जैविक प्रविधि प्रदर्शनी र बाली स्वास्थ्य शिविर सम्पन्न

धादिङबेंसीमा कृषक लक्षित जैविक प्रविधि प्रदर्शनी र बाली स्वास्थ्य शिविर सम्पन्न

धादिङबेंसी,बैशाख २९ गते ।

अन्तर्राष्ट्रिय बाली स्वास्थ्य दिवसको अवसरमा धादिङबेंसीमा बाली स्वास्थ्य शिविर, जैविक प्रविधि प्रदर्शनी तथा स्वस्थ बजार प्रवद्र्धन कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार जिल्ला समन्वय समिति धादिङको परिसरमा आयोजित कार्यक्रममा कृषक, कृषि प्राविधिक तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।

‘एक स्वास्थ्य’ अवधारणालाई व्यवहारमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बाली स्वास्थ्यलाई मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषयका रूपमा व्याख्या गरिएको थियो । कार्यक्रममा वक्ताहरूले स्वस्थ बालीमार्फत सुरक्षित खाद्य प्रणाली निर्माण हुने तथा मानव जीवन र पर्यावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने भएकाले बाली स्वास्थ्य आजको आवश्यकता बनेको बताएका थिए ।

आयोजित बाली स्वास्थ्य शिविरमा करिब ६७ जना कृषकहरूले आफ्ना खेतबारीमा देखिएका रोग तथा किरासम्बन्धी समस्या लिएर सहभागिता जनाएका थिए । कृषि विज्ञहरूले ती समस्याको विश्लेषण गर्दै रोग पहिचान, नियन्त्रणका उपाय तथा आवश्यक प्राविधिक परामर्श प्रदान गरेका थिए ।

शिविरबाट प्रत्यक्ष रूपमा लाभान्वित भएको कृषक नारायण कुमार श्रेष्ठले बताउनुभयो । आगामी दिनमा पनि यस्तै बाली शिविर र कृषि प्रर्दशनि गर्दै जैविक मलहरुलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो ।

निलकण्ठ नगरपालिकाका कृषि शाखा प्रमुख समुन्द्र श्रेष्ठले यस्ता कार्यक्रमले कृषकका व्यावहारिक समस्याको समाधानमा सहयोग पुग्नुका साथै उत्पादन लागत घटाएर कृषि उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जैविक तथा दिगो कृषि प्रणालीलाई प्रवद्र्धन गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

निलकण्ठ नगरपालिकाको साझेदारी, हेफर इन्टरनेशनल नेपालको को प्राविधिक सहयोग तथा एक्सन नेपालको सहजीकरणमा सञ्चालित “कृषि तथा पशु मूल्य श्रृंखलामा नवीनता परियोजना” अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको कार्यान्वयन साझेदार आँकुरा कृषि तथा पशुपन्छी सहकारी संस्था लिमिटेड रहेको थियो ।

परियोजना अन्तर्गत रहेका ६२ वटा कृषक समूहलाई कृषक व्यवसाय पाठशाला तालिममार्फत कृषि जैविक प्रविधिसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस् :  एमाले सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन

सोही तालिममा सिकाइएका प्रविधिको प्रयोग गरी कृषकहरूले आफ्ना बालीनालीलाई रोग तथा किराको प्रकोपबाट सुरक्षित राख्दै आएको सन्दर्भमा जैविक प्रविधिको प्रदर्शनीसमेत गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा जैविक विषादी, जैविक मल तथा स्थानीय स्रोतमा आधारित कृषि प्रविधिहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगानाले ‘एक स्वास्थ्य’ अवधारणालाई व्यवहारमा उतार्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने बताउनुभयो । उहाँले जैविक प्रविधिको प्रयोगले कृषकहरू स्वस्थ तथा गुणस्तरीय खाद्य उत्पादनतर्फ उन्मुख भएको उल्लेख गर्नुभयो ।

धादिङबेंसीमा कृषक लक्षित जैविक प्रविधि प्रदर्शनी र बाली स्वास्थ्य शिविर सम्पन्न

May be an image of one or more people, hospital and text

May be an image of one or more people and text that says 'E भोलत भो ल मतन मलत ল ٩'

 

May be an image of one or more people

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   3   =  

Protected by Spam Master