पारिवारिक सम्बन्ध र प्रेमको कथा बोकेको ‘काजी’को ट्रेलर सार्वजनिक

पारिवारिक सम्बन्ध र प्रेमको कथा बोकेको ‘काजी’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ३ मिनेट ६ सेकेन्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त संकेत गरेको छ ।

सार्वजनिक ट्रेलरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव र विवाहपछिको प्रेमलाई केन्द्रमा राखिएको देखिन्छ । विपिन कार्की ‘काजी’ र केकी अधिकारी ‘कजिनी’ पात्रमा प्रस्तुत भएका छन् ।

प्रेमिल ट्रेलरले दर्शकमाझ फिल्मप्रति कौतुहलता सिर्जना गरेको छ । ट्रेलरमा फिल्मको मेकिङ आकर्षक देखिएको छ भने संवादले पनि ध्यान खिच्ने प्रयास गरेको छ ।

रामप्रसाद रिजालको प्रस्तुतिमा बनेको फिल्ममा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन, सागर अर्यालको साउण्ड डिजाइन र सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।

फिल्मका क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपिन मल्ल हुन् । फिल्मका कार्यकारी निर्माता असिम काफ्ले तथा निर्माता नेहान रिजाल र विकासराज जोशी रहेका छन् ।

श्रीराम बालाजी फिल्म्सले वितरण गर्ने फिल्मको यसअघि सार्वजनिक पोस्टर, प्रिभ्यु र ‘वारि बर, पारी पीपलु’ बोलको गीतले दर्शकको ध्यान खिचिसकेको छ । ट्रेलर सार्वजनिक भएसँगै ‘काजी’प्रतिको प्रतीक्षा थप बढ्ने देखिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  'नेपाल डे परेड २०२६' मा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अमेरिकाको गरिमामय सहभागिता
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   3   =  

Protected by Spam Master