उषा र किरणको ‘यो सोझो पल्कियो’ मा पल र एरोना (भिडियो)

काठमाडौँ। गायिका उषा गजुरेल र गायक किरण गजमेरको स्वर रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘यो सोझो पल्कियो’ बोलको गीतमा शब्द तथा संगीत श्रीकृष्ण बम मल्लको रहेको छ।
प्रतिभावान गायिका उषाले यस अघि पनि थुप्रै गीतमा आफ्नो स्वर दिई सकेकी छन्। मनोज राजभण्डारीको निर्देशनमा बनेको भिडियोमा पल शाह र एरोना मल्ल फिचर्ड छन्। संजय लामाले छायांकन गरेको भिडियोको सम्पादन मनोज राजभण्डारीले गरेका छन्। भिडियोको निर्माता दिपेन्द्र राई र कुमार खत्री हुन्। भिडियो गायिका उषा गजुरेलको आफ्नै च्यानल मार्फत सार्वजनिक गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
सूचना-प्रविधि२०८३ बैशाख ७, सोमबार १२:०१अब अपाङ्ग पहुँचमैत्री सुविधा सरकारी ‘वेबसाइट’मा
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार ११:१५यथार्थको गहिराइ बोकेको ‘पारी बुटोल’को टिजर सार्वजनिक
समाचार२०८३ बैशाख ७, सोमबार १०:१२अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ७, सोमबार १०:११आज पनि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै








