Home समाचार कर्मचारी आवश्यकता सम्वन्धी सूचना

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

3
0
कर्मचारी आवश्यकता सम्वन्धी सूचना

प्रथम पटक प्रकाशन मितिः२०८०।१०।०९

हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा एक्सन नेपालको सहजीकरणमा संचालित Innovations in Agri-Livestock Value Chains  परियोजना अन्तर्गत तरकारी मुल्य श्रृंखला कार्यक्रम संचालनका लागि तपसिलमा उल्लेखित पदको लागि कर्मचारीहरुको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरु बाट यो सुचना प्रकाशन भएको मितिले ५ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

१. आवश्कता सम्वन्धी विवरण :
क) पद : व्यवसाय विकास अधिकृत
पद संख्या : १ जना

न्युनतम योग्यता र कार्यानुभव :
 कृषि अर्थशास्त्र बिषयमा स्नातक वा सो सरह उतिर्ण गरी कम्तीमा ३ वर्ष सामुदायिक विकास र तरकारीको मुल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।
 प्रस्तावना तथा प्रतिवेदन तयार, योजना तथा बजेट निर्माण सम्बन्धि अनुभव भएको ।
 परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको ।
 सानाकिसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
 कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, सम्वन्धी ज्ञान, सीप भएको ।
 कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
 व्यवसायिक योजना निर्माण सम्बन्धि सीप र अनुभव भएको ।
 स्थानीय सरकार र अन्य सरोकारवाला संग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
 कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
 कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा दिन सक्ने ।

मुख्य जिम्मेबारी :
 परियोजनामा योजना गरेका कृयाकलापहरुको तोकिएको समयमा गुणस्तरीय तथा प्रभावकारी कार्यान्वयन गर्ने ।
 सहकारी तथ प्रशोधन केन्द्रको व्यवसायको अबसर, सम्भावना तथा चुनौतिहरु प्हिचान गरि व्यवसाय विस्तार गर्न सहजिकरण गर्ने ।
 परियोना क्षेत्रका कृषकहरु र उत्पादनको म्यापिङ्ग तथा तथ्याङ्क संकलन र बजारको माग तथा आपूर्तिको मुल्याङ्कन गरि प्रशोधन केन्द्र तथा बजार संग सम्बन्ध स्थापित गर्ने ।
 सहकारी तथा प्रशोधन केन्द्रको व्यवस्थापन, संचालन तथा आवश्यक सुधारका लागि सहजिकरण गर्ने ।
 फिल्ड स्तरिय बैठक, तालिम तथा कार्यशाला गोष्ठी संचालन तथा सहजीकरण गर्ने ।
 परियोजना का कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै परियोजना कार्यक्षेत्रका किसानहरुलाई प्राविधिक सेवाप्रदान गर्ने ।
 परियोजना कार्यक्षेत्रका तथ्याङ्क संकलन तथा अध्यावधिक गरि संस्था तथा सरोवारबाला निकायमा पेश गर्ने ।
 मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्थातथा सरोकारवाला निकायमा पेश गर्ने
 सहकारी तथा तरकारी प्रशोधन केन्द्रको व्यवसायबिस्तारका लागि मूल्य श्रृख्लाकापात्रहरु संग सम्पर्क तथा समन्वयगरि व्यवसायिक सम्बन्ध स्थापित गर्ने ।
 सहकारी तथा प्रशोधन केन्द्रद्धारा उत्पादित उत्पादनहरुको ब्रान्डिङ्ग तथा बजारीकरणमा सहजिकरण गर्ने ।
 तरकारी प्रशोधन केन्द्रको व्यवसायिक योजना, दिर्घकालिनतथा रणनैतिक योजनातयार गरि कार्यन्वयन गर्न सहजिकरण गर्ने ।
 परियोजना संचालन तथा कार्यन्वयनका लागि सरकोकारबाला निकायहरु संग सम्पर्क तथ समन्वय गर्ने
 परियोजनाकाअसलअभ्यास, सफलताकाकथा, सिकाई तथा चुनौतिहरुको अभिलेखिकरण तथा दस्तावेजिकरण गर्ने ।

यो पनि पढ्नुहोस् :  मौद्रिक नीति तुलनात्मक रूपमा केही लचक छ : चेम्बर आफ कमर्स

ख) पद : कृषि प्राविधिक
पद संख्या :  १ जना

न्युनतम योग्यता र कार्यानुभवः
 कृषि विषयमा JTA उतिर्ण गरी कम्तीमा ३ वर्ष वा JTA वा सो सरह उतिर्ण गरी कम्तीमा ५ वर्ष सामुदायिक विकास र तरकारीको मुल्यश्रृंखलामा काम गरेको अनुभवभएको।
 परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको ।
 सानाकिसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
 कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा यूवाहरुको सहभागितार सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
 उद्यमीहरुको व्यवसायिक योजना निर्माण सम्बन्धि सीप र अनुभव भएको ।
 स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
 कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
 मोटरसाईकल लाईसेन्स भएको र कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा दिन सक्ने ।

मुख्य जिम्मेबारी :
 फिल्ड स्तरिय समुह बैठक, कृषक व्यवसाय पाठशाला, तालिम तथा कार्यशाला गोष्ठी संचालन तथा सहजीकरण गर्ने ।
 परियोजना कार्यक्षेत्रका किसानहरुलाई प्राविधिक सेवा प्रदान गर्ने ।
 कृषकहरुको गुणस्तरीय कृषि सामाग्री, आधुनिक प्रविधी, वित्तिय सेवामा पहुंच वृद्धिका लागि सहकारी र निजी क्षेत्रको व्यवसायिक सम्बन्ध स्थापित गर्न सहजिकरण गर्ने ।
 परियोजना कार्यक्षेत्रको तरकारी उत्पादन तथा बजारीकरण सम्बन्धि तथ्याङ्क संकलन तथा अध्यावधिक गर्ने ।
 मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने ।
 सहकारीको व्यवसाय बिस्तारका लागि मूल्यश्रृंखलाका पात्रहरु संग सम्पर्क तथा समन्वय गरी बैठकहरु संचालन गर्ने ।
 परियोजना संचालन तथा कार्यन्वयनका लागि सरकोकारबाला निकायहरु संग सम्पर्क तथा समन्वय गर्ने ।
 कृषक समुह र सहकारीको परिचालन तथा क्षमताअभिवृद्धि गर्ने।
 समुदाय स्तरका सफलताका कथा तथा सिकाईहरु तयार गरि दस्तावेजिकरण गर्ने ।
ग) पद : लेखापाल
पद संख्या :. १ जना
न्युनतम योग्यता र कार्यानुभवः
 Account/Finance विषयमा Masters उतिर्ण गरी कम्तीमा २ वर्ष वा Bachelor वा सो सरह उतिर्ण गरी कम्तीमा ५ वर्ष NGO/INGO, Community Based Organization काम गरेको अनुभव भएको ।
 कम्प्युटर (micro-soft excel, word, power point, internet, accounting software) सम्वन्धी दक्षता भएको ।

यो पनि पढ्नुहोस् :  ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

मुख्य जिम्मेबारी :

 एक्सन नेपालको आर्थिक बिनियमावलि अनुरुप् आर्थिक् कारोबारको अभिलेख राख्ने ।
 अभिलिखित आर्थिक कारोबारहरुको माशिक प्रतिबेदन तयार पार्ने ।
 देशको कर नियमावलिमा आधारित भै आवस्यक कर कट्टि गरि उल्लेखित् समय अबधिमा कर दाखिला गर्ने ।
 परियोजनाको कार्यक्रम सन्चालन तथा ब्यबस्थापन गर्नका लागि सहयोग गर्ने ।
 समाग्री खरिद प्रकृयामा सहयोग गर्ने ।
 परियोजना बाट खरिद गरिएका सम्पति तथा उपकरणहरुको उचित रेकड् राख्ने ।

२. सेवा सुविधा : संस्थाको नियमानुसार हुनेछ ।
३. दरखास्त दिने अन्तीम मिति : २०८०।१०।१४ कार्यालय समय भित्र ।
४. परिक्षको किसिम : लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
५. आवश्यककागजातहरु: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी स्क्यान गरी recruitment.actionnepal@gmail.com वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।
 नोट : प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

पदपुर्ति समिति
एक्सन नेपाल
निलकण्ठ नगरपालिका–३,सुगमटोल, धादिङ्ग

recruitment.actionnepal@gmail.com

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात घट्यो
Previous articleसशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रम सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड
Next articleसौगात भन्छन् ‘हात्तीछाप ले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ’