रैथाने बालीहरूको संरक्षण, प्रवर्द्धन र समृद्धिको अभियानलाई राष्ट्र निर्माणको हिस्सा बनाऔँ

काठमाडौँ- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायुमैत्री रैथाने बालीहरूको संरक्षण, प्रवर्द्धन र समृद्धिको अभियानलाई राष्ट्र निर्माणको अभिन्न हिस्सा बनाउनु पर्ने बताउनु भएको छ ।
राष्ट्रिय कोदो दिवसको अवसरमा सामाजिक संजालमा लेख्नुहँदै पूर्वराष्ट्रपति भण्डारीले रैथाने बालीको संरक्षण गर्नुपर्ने बताउनु भएको हो । भूमिको सदुपयोग, किसानको सम्मान, उत्पादनको व्यावसायिकता, नवप्रवर्तन, प्रविधिको प्रयोग, बीउको संरक्षण, बजार पहुँच र युवाको सहभागितामार्फत कोदो खेतीलाई आधुनिक र आत्मनिर्भर बनाउने दिशामा अगाडि बढ्नुपर्नेमा भण्डारीले जोड दिनु भएको छ ।
पूर्व राष्ट्रपति भण्डारीले नेपालको मौलिक कृषि परम्परा, जलवायु अनुकूल, वातावरणमैत्री तथा जलस्रोतको न्यूनतम प्रयोगमा आधारित रैथाने पोषणयुक्त अन्नबालीको रूपमा रहेको कोदो खेती विगत केही दशकदेखि नीतिगत बेवास्ता र सामाजिक उपेक्षाको कारण संकटमा पर्दै आएकोमा चिन्ता ब्यक्त गर्दै संरक्षण अभियान सुरु गर्नुपर्ने बताउनु भएको छ ।
हाम्रा पहाडी तथा हिमाली भेगमा पुस्तौँदेखि उत्पादन हुँदै आएको कोदो धान, मकै र गहुँ पछिको चौथो मुख्य अन्नबाली हो । तथापि, नेपालको मौलिक कृषि परम्परा, जलवायु अनुकूल, वातावरणमैत्री तथा जलस्रोतको न्यूनतम प्रयोगमा आधारित रैथाने पोषणयुक्त अन्नबालीको रूपमा रहेको कोदो खेती विगत केही… pic.twitter.com/0urAhJtV4C
— Bidya Devi Bhandari (@BidyaDevi2018) August 1, 2025
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ आश्विन ३०, बिहीबार ०६:०८नेपालसँग ओमान पराजित « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन २९, बुधबार २२:३०पेट्रोलको मूल्य घट्यो
समाचार२०८२ आश्विन २९, बुधबार १९:४७नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट
समाचार२०८२ आश्विन २९, बुधबार १७:५३धादिङमा भूमि समस्या समाधान आयोग पुनःस्थापनाको माग