जैविक विविधताका दृष्टिले महत्वपूर्ण वाली कोदो प्रवर्द्धन र अभियान

जैविक विविधताका दृष्टिले महत्वपूर्ण वाली कोदो प्रवर्द्धन र अभियान

 

कोदो, नेपालको धान, मकै, र गहुँपछिको चौथो महत्वपूर्ण खाद्यन्न बाली हो। यसलाई पहाडी भेगमा मकै पछाडीको दोश्रो बालीको रुपमा लिईन्छ । कागुनो, चिनो जुनेलो यसै वर्गका बाली हुन। यो विपन्न परिवारको खानाको मुख्य श्रोत हो।
यसलाई कम उत्पादन हुने, रुखो, पाखो जग्गामा, आकाशे पानीको भरमा, रसायनिक मलको प्रयोग विना सिमान्त जग्गामा खेती गरिने बालीको रुपमा लिईन्छ । यस बालीमा रोग किसानको प्रकोप कम हुन्छ। यो जलवायु अनुकुलनीय अर्गानीक र बातावरणमैत्री बाली हो । यसको विउलाई १५ वर्ष सम्म भण्डारण गरि राख्न सकिन्छ ।

जलवायुमैत्री खेती साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लागि उपयुक्तता बारे जनचेतना अभिवृद्धि गर्ने उदेश्यले ७० भन्दा बढि देशहरुको समर्थनमा (भारतको अगुवाई) सन् २०२१ मार्चमा संयुक्त राष्ट्रसंघको महासभाले २०२३ लाई कोदो अन्तराष्ट्रिय वर्षको रुपमा मनाउने घोषणा गरेसंगै नेपाल लगायतका संयुक्त राष्ट्रसंघमा आवद्ध मुलुकहरु कोदो वर्ष मनाएका थिए।

खाद्य तथा कृषि सम्वन्धी संयुक्त राष्टसंघीय निकायले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको प्रचारप्रसार गरी कोदोलाई फाइबर, एन्टिअक्सिडेन्ट, प्रोटिन र मिनरलयुक्त खाद्य भनिएको छ ।

खाद्यान्नको (खाद्य अन्नको राजा) श्री अन्नलाई हामीले धेरै फल्ने र पैसा धेरै आउने बालीको रुपमा मात्रै हर्ने गर्नाले यति धेरै फाइदा महत्व र विशेषता हुँदा हुदै पनि कोदोलाई हेलाको रुपमा हेरिने गरिएको छ।

यसले उत्पादनमा धेरै ठूलो असर गरिरहेको छ। कृषि तथा पशुपन्छि मन्त्रालयका अनुसार नेपालमा २ लाख ६५ हजार हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको छ। त्यसबाट करिव ३ लाख २७ हजार मेक्टिकटन उत्पादन हुने गरेको छ । सामान्य तथा ७७ जिल्ला मै कोदोको खेती गरिन्छ।

तराईमा कम र पहाडी तथा मध्य पहाडी जिल्लामा अधिक कोदो उत्पादन हुन्छ । धेरै जसो खोट्टाङ्ग, सि.पा, बाग्लुङ्ग, स्याङ्गजा, कास्की ओखलढुङ्गा, गोरखा र सिन्धुलीमा उत्पादन हुन्छ।

मनाङ्ग र मुस्ताङ्गमा कम हुन्छ। देशका कुल खाद्य उत्पादनको ७.७प्रतिशत कोदो बालीले ओगटेका छ । ९५ प्रतिशत कोदो पहाडमा उत्पादन हुन्छ । समुद्र सतहबाट ३१ सय मी सम्मको उच्च पहाडी क्षेत्रमा कोदो लगाइन्छ ।

कोदोका औषधिक गुणहरू, र अन्य पोषक तत्वहरूले गर्दा स्वस्थ खानपानसम्बन्धी व्यवहारका लागि कोदोको प्रबर्द्धन अत्यावश्यक छ। कोदोका परिकारको बारेमा जानकारीको कमी, परिकार बनाउने ज्ञान नहुनाले स्वाद मन नपराउने जस्ता समस्याहरु समाधानका लागि कोदोका परिकार तयारीका शीप हस्तान्तरण आवश्यक छ । यसलाई खाद्य विविधता र पोषण सुरक्षामा नयाँ आयाम शुरुवात गर्न सकिन्छ ।

पौष्टिकता औषधीयपन तथा मानव स्वास्थमा पुर्याउने टेवा बारे ज्ञानको प्रसार गरि यसको प्रवर्द्धन आवश्यक छ । शिशु खाद्य, वृद्ध खाद्य, तथा विभिन्न परिकारको रुपमा विस्तार गर्न सकिन्छ ।

अनुशन्धानबाट उन्नत प्रविधिको विकास गरि उत्पादन गराउन सकिन्छ । सम्मानित बालीको रुपमा विकास गरी यसको महत्वलाई वृद्धि गर्न सकिन्छ । राष्ट्रिय नीतिमा सम्बोधन गराई कोदोलाई मदिरा उद्योगको आधारको रुपमा विकास गर्न सकिन्छ । जलवायु परिवर्तनको न्यून प्रभाव पर्ने भएकाले दिर्घकालीन कृषि बालीको रुपमा विकास गर्न सकिन्छ ।

पछिल्लो समय कोदोको विशेष महत्व र उपयोगीताको बारेमा बहस संवाद प्रचार प्रसार भए पनि खानेवालीमा परिवर्तन भएको छ । यसको माग कोदो र कोदो जन्य खाद्यको भाग बढेको छ । आ.व २०८०/८१ मा १ करोड ५२ लाख केजी बरावरको कोदो आयत भएको छ । जुन ७५ करोड ४४ लाख २३ हजार वरावर थियो।

आ.व २०७९/८० मा ७३ करोड २० लाख १३ हजार रुपैयामा १ करोड ८४ लाख केजी बरावरको कोदो आयात भएको थियो । कोदो उत्पादनको हिसावले नेपाल १३ औं स्थानमा पर्छ । गत आ.व मा मात्रै चीनबाट १ सय २५ केजी कोदो भित्रियो भने भारतबाट १ करोड ५२ लाख ९८ केजी हाराहारीमा ७५ करोड ४४लाख रुपैया बरावरको कोदो भित्रिएको थियो ।

नेपालले कोदो आयात संगसंगै निर्यात पनि गर्दै आइरहेको छ । आ.व ०६८/६९ कोदो निर्यात गरेको व्यापार तथा निकासी केन्द्रले ०६८/०६९ मा १ लाख ५हजार रुपैयामा ३ हजार ५ सय केजी कोदो निर्यात गरेको देखिन्छ ।

निर्यात क्रमश बढ्दै भएर आ.व ०८/०८१ मा नेपालबाट ६१ लाख ९६ हजार बरावर मा ४६ हजार ७ सय ५८ केजी कोदो निर्यात गर्न सफल भएको छ। यो आ.व मा अष्ट्रेलिया, क्यानाडा, हङकङ, इटाली, जापान, कोरिया, बेलायत, अमेरीकामा कोदो विक्री गर्दै आइरहेको छ ।

नेपालको अहिले खेती गर्नेक्रम घट्दो भएता पनि अहिले खेती पनि विस्तारै बढ्न थालेको र यसको महत्व विशेषतालाई बुझेर प्रयोग गर्नेको संख्या बढ्‌दै गएको छ ।

२०७३ साल देखि राष्ट्रिय कृषक समुह महासंघ नेपालले कोदो महत्व विषयमा छलफल संवाद एवं सचेतिकरणका गतिविधि गर्दै आइरहेको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपाल र अनाज नेपालले २०७७ साल श्रावन १५ गते देखि राष्टिय वहशको शुरुवात गरिएको थियो ।

त्यस पश्चात हरेक वर्षको श्रावण १५ मा कोदो दिवस मनाउदै आईएकोमा नेपाल सरकारले श्रावण १६ लाई राष्ट्रिय कोदो दिवसको घोषणा गरेको छ । जैविक विविधताका दृष्टिले महत्व रहेकाले कोदो अव राष्ट्रिय महत्वको बालीको रुपमा स्थापित भएको छ ।

यसको व्यवसायिक उत्पादन र प्रवर्द्धनको लागि स्थानीय पालिकाहरुको नीति र कार्यक्रम मार्फत स्थानीयकरण गर्दै अभियानको रुपमा लैजान आवश्यक छ यसको लागि महासंघले आफ्‌नो संरचना परिचालन गरी तहगत सरकारसंग सहकार्य गरिन रहनेछ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19147, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   6   =  

Protected by Spam Master