लोयाङ शेर्पाले जितिन् ‘वर्ल्ड राइजिङ स्टार २०२४’

काठमाडौं । जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘ वर्ल्ड राइजिङ स्टार २०२४’ मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष उपाधि जितेका हुन् । प्रतियोगिताको ट्यालेन्ट राउन्डमा ‘रेशम फिरिरी’ बोलको गीत गाएका उनले विधातर्फ ‘ट्यालेन्ट राउन्ड’को अवार्ड पनि सुरक्षित गरे ।
प्रतियोगितामा सहभागी एन्जल बाबु कट्टेलले ‘ट्यालेन्ट अवार्ड’ र सनिस्ता रेग्मीले ‘युरोसिया’ अवार्ड जिते । उनीहरु प्रतियोगितामा सहभागी भई मंगलबार बिहान काठमाडौं फर्किएका छन् । त्रिभूवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लोयाङले शीर्ष उपाधि जित्दा खुशी लागेको बताए । ‘मैले धेरै स्थानमा स्टेजमा उपस्थिति जनाइसकेको छु । त्यसकारण जर्जियाको प्रतियोगितामा स्टेजमा उभिँदा डर लागेन । शीर्ष उपाधि जित्छु भन्नेमा म ढुक्क थिएँ’, उनले भने ।
शेर्पाले प्रतियोगिताको ‘कल्चरल राउण्ड’मा शेर्पा जातिको पोसाक बख्खु लगाएका थिए । उनले आफूले त्यहाँ धेरै साथीहरु बनाएकाले उनीहरुलाई नेपाल आउन निम्तो पनि दिएको खुलाए ।
लोयाङका पिता जाङ्बु शेर्पाले छोराले प्रतियोगिताको शीर्ष उपाधि जित्छ नै भन्ने आफूले नसोचेको बताए । ‘सानोदेखि नै नृत्य र गायनमा चासो राख्थ्यो । धेरै स्टेज कार्यक्रममा नाँचेर र गीत गाएर पुरस्कार पनि जितेको । तर अन्तर्राष्ट्रिय प्रतियोगितामा नै शीर्ष उपाधि जित्दा मलाई खुशीको सीमा छैन’, उनले भने ।
प्रतियोगितामा ‘वल्र्ड राइजिङ स्टार २०२३’ का विजेता प्रसुन जंग पोखरे विशेष अतिथिका रुपमा गएका थिए । उनले यसपटक पनि नेपालले शीर्ष उपाधि ल्याउँदा खुशी लागेको बताए ।
प्रतियोगीलाई जर्जिया पठाउने व्यवस्थापन गरेको परिवर्तन इभेन्ट हाउसकी प्रमुख सोनिया जीआरले आफ्नो कार्यक्रम ‘डीएसए स्टार’का विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा शीर्षसहित विधागत अवार्ड जित्दा गौरवको अनुभव गरेको जनाइन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न