कृषि विकास निर्देशनालयले आयोजना गरेको प्रारभिक तथ्यांक भ्यलिडेसन गोष्ठी सम्पन्न

कृषि बिकास निर्देशनालय पोखराको आयोजनामा प्रारम्भिक तथ्यांक भ्यालिदेसन गोष्ठी सम्पन्न भएको छ। कृषि बिकास निर्देशनालयको सभाहलमा संचालन भएको कार्यक्रम कृषि बिकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि योजना तथा अनुगमन महाशाखा प्रमुख भानु भक्त भट्टराई रहनु भएको थियो।
त्यस्तै तालिम केन्द्र ,कृषि ज्ञान केन्द्र ,नीति तथा योजना आयोगका सदस्य भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेश का प्रदेश सचिव लगायतका व्यक्तिको सहभागिता रहेको थियो।
सो कार्यक्रममा महानिर्देशक रेग्मीले सबै भन्दा महत्वपुर्ण कुरा कृषि तथ्यांकलाइ काल्पनिक नभई वास्तविक बनाउनु पर्नेमा जोड दिनु भयो।
कृषिको कुनै पनि उत्पादन भएको कार्य सम्पादन गर्ने क्रममा महत्वपुर्ण पाटो तथ्यांक रकेको हुदा यसलाई अब्बल साबित गर्नु पर्नेमा सबैलाई आग्रह गर्नुभयो।
सरकारी तथ्यांक कृषिको डाटामा पनि सत्यता नभएको जानकारी गराउनु भयो साथै जनशक्तिको कमीले गर्दा पनि सहि तथ्यांक ल्याउन कठिन भएको रेग्मीले जिकिर गर्नुभयो।
बाँझो जग्गा धान लगाएको जग्गा कुनै पनि खेति गरेको खेतको यरियाको वेरीफाई महत्वपुर्ण रहेको धारण राख्नुभयो। आगामी दिनका कार्यक्रमलाइ ब्यबस्थित तरिकाले लैजाने प्रण गर्नु भयो।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ७, बिहीबार २०:३८पोखरामा ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै
समाचार२०८३ जेष्ठ ५, मंगलवार ०६:३४किशाेरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा
समाचार२०८३ बैशाख २१, सोमबार १५:४२फेवा मापदण्डमा विज्ञको आपत्ति: ६५ मिटरको रेखालाई ‘वैज्ञानिक आधारविहीन’ को संज्ञा









