भिजिट भिषा प्रकरण:सङ्गठित अपराधको कसुरमा मुद्दा चलाउन सिफारिस,८ जना कर्मचारी फरार

काठमाडौँ- भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको भिजिट भिषा प्रकरणको अनुसन्धान पूरा गरी प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
प्रकरणका अभियुक्तहरुलाई प्रहरीले लिखतसम्बन्धी र सङ्गठित अपराधको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ ।
विमानस्थलमा रहेका अध्यागन कर्मचारी, विमान कर्मचारी तथा विभिन्न कन्सल्टेन्सी सञ्चालकसँगको सेटिङमा भिजिट भिसामार्फत मानव तस्करी भएको पाइएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत असोज १७ गतेदेखि विशेष अनुसन्धान अघि बढाएको थियो ।
गिरोहसँगको सेटिङमा भिजिट भिसाको अनुमति दिने अध्यागमनका अधिकृत नरवीर खड्का, नेपाल वायु सेवा निगमका कर्मचारी अरविन यादव र होम पोखरेलसहित पक्राउ परेका १० जना र फरार रहेका १२ गरी २२ जनाविरुद्ध लिखतसम्बन्धी र सङ्गठित अपराधको कसुरमा हदैसम्मको सजाय माग गरिएको छ।
२२ जना प्रतिवादीमध्ये १२ जना अझै फरार रहेको र तीमध्ये आठ जना विमानस्थलमा खटिएका सरकारी कर्मचारी तथा तीन जना बिचौलिया रहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १८, शनिबार ०९:५६शाहरुख र रानीले जिते पहिलो पटक राष्ट्रिय अवार्ड
समाचार२०८२ श्रावण १८, शनिबार ०८:२१विद्रोहदेखि विचारसम्मको जनयात्रा
समाचार२०८२ श्रावण १७, शुक्रबार २०:४१धादिङको बेल्खुमा ३ वटा सवारी साधन ठोक्किए
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण १७, शुक्रबार १६:४१आँखा उपचार केन्द्र निर्माणका लागि आर्थिक सहयोग सङ्कलन