चलचित्र ‘नमेटिने घाउ’को शुभ मुहूर्त, केपी ओलीले गरे एक्सनकट

काठमाडौँ। एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा गरिएको छ । राजधानी काठमाडौँमा आयोजित कार्यक्रमका बीच चलचित्रको घोषणासँगै शुभमुहूर्त गरिएको हो।
शुभमुहूर्त कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । अतिथिको रुपमा राप्रपा सांसद ज्ञानेन्द्र शाही, एमाले सांसद सुनिता बराल कलाकार रमेश उप्रेती, धीरेन शाक्य, निर्मल शर्मा, विक्रान्त बस्नेत कमेडियन हिमेश पन्त लगाएत उपस्थित थिए ।
मुहूर्तको अवसरमा पहिलो दृश्यको निर्देशन ओलीले गरे। ओलीले एक्सन भन्दा सांसद शाहीले क्ल्याप, कलाकारहरु उप्रेतीले कट, शाक्यले क्यामेरा रोल र बस्नेतले नरिवल फुटाएका थिए । अभिनेता रमित ढुंगानाले बायोपिक चलचित्रका रुपमा ‘नमेटिने घाउ’ बनाउने घोषणा गरेका हुन् । यसै चलचित्रबाट उनले निर्देशनको यात्रा समेत सुरु गर्दै छन्।
रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन यो चलचित्रलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाउन लागिएको छ। चलचित्रमा शिवम् अधिकारीको कथा, ओम सुनारको संगीत रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।
चलचित्रमा सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना अनुहार रहने छन् भने, मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरु छन्।
चलचित्रमा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा लगायतको अभिनय रहनेछ ।
‘नमेटिने घाउ’मार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने भएका छन् र निर्देशक समेत रहेका ढुंगाना पनि केमियो रोलमा देखिदै छन् ।
कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘एसिड आक्रमण जस्ता घटना घटिरहेका छन्। यो अन्त्य हुनुपर्छ। यसै अभियानमा जोडिएको छ- नमिटिने घाउ। यो एउटा अभियान र प्रभावकारी अंग हो । मान्छेले छालाको सुन्दरतालाई प्राथमिकता दिन्छन्। मनको, आचरणको, व्यवहारको र आन्तरिक सुन्दरता मान्छेले बुझेको हुँदैन। एसिड आक्रमणले एक जनालाई मात्र पीडा दिएको हुँदैन।’
रमितले भने, ‘यो सबै भिक्टिमहरुको बायोपिक हो । आक्रमणका घटना भएका ठाउँमा फिल्म छायांकन गर्ने योजना छ । गएको १० वर्षमा ३३ जनामाथि एसिड आक्रमण भएको तथ्य पेश गर्दै रमितले यो कार्य जघन्य अपराध हो ।’ भन्ने सन्देश आफूले फैलाउन चाहेको बताए ।
यस्तै, भिक्टिमहरुको बायोपिक फिल्मका रुपमा लिदै प्रोजेक्ट अघि बढाएर एसिड आक्रमणका घटना भएका ठाउँहरुमा छायांकन सुरु गर्ने तयारी छ । चलचित्रको मुहुर्त गरेसँगै कठमाडौं, भक्तपुर, बनेपा, पनौती, नवलपुर, पोखरा, वीरगञ्ज र रौतहटको चन्द्रपुरमा छायांकन गर्ने तयारी गरिएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार १, आईतवार २०:५७‘रियाल रिङ्गेट’को मार्मिक टिजर सार्वजनिक: सपना, सङ्घर्ष र बिछोडको यथार्थ पर्दामा
समाचार२०८२ असार १, आईतवार २०:३१मधेस प्रदेशको बजेट पारित
समाचार२०८२ असार १, आईतवार १८:०३नीलकण्ठ–८ मा संचालित घुम्ती शिविरमा ८ सय ५४ जनाले सेवा लिए
समाचार२०८२ असार १, आईतवार १३:३०सुनको मूल्य निरन्तर बढ्दो