त्रिकोणात्मक सिरिजमा आज नामिबिया र नेपाल भिड्दै

काठमाडौं, साउन ५ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजबाट शुरु हुने त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबिया र नेपाल भिड्दैछन् । स्पोर्ट्पार्क मार्स्चलकेर्वेर्डमा हुने खेल दिउँसो २ :४५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । नेदरल्यान्ड्समा हुने सिरिजमा नेपालले आयोजक नेदरल्यान्ड्ससँग र नामिबियासँग २/२ खेल खेल्नेछ । नेपाललाई शीर्ष चारमा पर्न चार खेल निकै महत्त्वपूर्ण रहेको छ ।
हाल नेपाल २८ खेलबाट २४ अंक जोड्दै अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । अमेरिका ३२ खेलबाट ४३, स्कटल्याण्ड ३२ खेलबाट ३८, नेदरल्यान्ड्स २८ खेलबाट ३२, ओमान २८ खेलबाट ३१, क्यानडा २८ खेलबाट २४, नामिबिया २८ खेलबाट २२ र युएई २४ खेलबाट १४ अंक जोड्दै क्रमश: पहिलो, दोस्रो, तेस्रो, चौथो, छैटौँ, सातौँ र आठौँ स्थानमा रहेका छन् ।
नेपालले यस सिरिजको सबै चार खेल जितेको खण्डमा चौथो स्थानमा उक्लिनेछ । लिग–२ सिरिज अगाडि इंग्ल्याण्डमा जर्सीसँग दुई अभ्यास खेल खेलेको नेपालले दुवै खेलमा जित निकालेको थियो । त्यसैले नेपाल आज उच्च मनोबलका साथ मैदान उत्रिनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ५, मंगलवार १७:३२शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत कर लागू नगर्ने प्रधानमन्त्रीको निर्णय गगन थापाद्वारा स्वागत
समाचार२०८३ श्रावण ५, मंगलवार १६:५६राम्जा–पोखरा सम्पर्क समाज नेपालद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ५, मंगलवार १५:२३मोडल डली बनिन ‘मिसेस नेपाल युनिभर्स २०२६
खेलकुद२०८३ श्रावण ५, मंगलवार १०:२९त्रिकोणात्मक सिरिजमा आज नामिबिया र नेपाल भिड्दै









