Home खेलकुद प्रधानमन्त्री कपमा आर्मीको छैटौं जित, उपाधि होडबाट बाहिरियो सुदूरपश्चिम

प्रधानमन्त्री कपमा आर्मीको छैटौं जित, उपाधि होडबाट बाहिरियो सुदूरपश्चिम

17
0

काठमाडौं,१५ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीले छैटौं जित निकालेको छ । आर्मीले सोमबार सुदूरपश्चिम प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष २ मा रहने सम्भावना बलियो बनाएको हो ।

आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदूर ४०.१ ओभरमा १६५ रनमा समेटियो । सुदूरका लागि किरण ठगुन्नाले सर्वाधिक ६८ रन जोडे । ७४ बलको सामना गरेका उनले ६ चौका र ३ छक्कासमेत हिर्काए ।

किरणको अलवा शेर मल्ल २४, नरेन भट्ट १८, नारायण जोशी १३,गजेन्द्र बोहरा १२, प्रकाश पाण्डे ११ तथा नरेन साउद र विकाश आग्री समान ३ रनमा आउट भए ।

यता बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले ५ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिए । शाहब आलम, कुशल मल्ल र वसिर अहमदको नाममा १ विकेट रह्यो । यो जितसँगै आर्मीले ८ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिँदा सुदूर भने ८ अंक जोड्दै उपाधि होडबाट लगभग बाहिरिएको छ । सुदूर अंक तालिकाको छैटौं स्थानमा झरेको छ ।

यसअघि मध्यक्रमका ब्याटर कुशल मल्लको अर्धशतकप्रेरित विभागीय टिम त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई २६३ रनको चुनौती पेश गरेको थियो ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको आर्मीले ४८।३ ओभरमा अलआउट हुनुअघि २६२ रन जोड्न सक्यो । आर्मीका लागि सर्वाधिक रन जोडेका कुशल मल्लले अर्धशतक प्रहार गरे ।

६७ बलको सामना गरेका मल्लले १० चौका र ३ छक्का हिर्काउँदै ७५ रन जोडे । सन्दीप रजालीले ३७, वसिर अहमदले ३६, सोमपाल कामीले ३१, सन्तोष कार्कीले ३०, शाहब आलमले २१ तथा इमरान शेखले ९ रन थपे । कप्तान विनोद भण्डारी र भीम सार्की समान २ रनमा आउट हुँदा विवेक यादवले पनि ४ रन मात्र थप्न सके । जितेन्द्र मुखियाले ५ रन थपेको खेलमा आर्मीले अतिरिक्तमा १० रन पायो ।

बलिङतर्फ सुदूरका भोजराज भट्टले सर्वाधिक ६ विकेट लिए । ९।४ ओभर बलिङ गरेका भट्टले ६३ रन खर्चिए भने नरेन साउदले तीन विकेट लिए । एक विकेट विकाश आग्रीको नाममा रह्यो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleबङ्गलादेशको प्रधानमन्त्रीमा पुनःनिर्वाचित भएकोमा शेख हसिनालाई प्रधानमन्त्री प्रचण्डको बधाई
Next articleहिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत तोरीखेती गर्ने किसानलाई अनुदान प्राप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here