लगातार सातौं जित निकाल्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं,१५ माघ । लगातार सातौ जित निकाल्दै विभागीय टिम नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । लगातार सातौ जित निकाल्नेक्रममा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटको फराकिलो अन्तरले हराएको छ ।
गण्डकीले दिएको १७१ रनको लक्ष्य पुलिसले खेलको २४ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि दिलीप नाथले आक्रामक पाली खेल्दै अर्धशतक प्रहार गरे । ३९ बलमा ५७ रन जोडेका दिलिपले ६ चौका र ४ छक्का हिर्काए । यता ओपनर कुशल भुर्तेलले २२ रन थपे ६ बलको सामना गरेका उनले ४ चौका र १ छक्का हिर्काए ।
अर्जुन साउद ४४ रनमा नटआउट रहँदा आरिफ शेख २७ रनमा अविजित रहे ।
बलिङतर्फ गण्डकीका सन्दीप पराजुलीले २ तथा कप्तान विपीन खत्री र कमल परियारले समान १ विकेट लिएपनि त्यो जितका लागि प्रयाप्त भएन् । यो जितसँगै १४ अंक जोडेको पुलिस प्रधानमन्त्री कपको फाइनलमा प्रवेश गरेको छ । अब पुलिसले बुधबार लुम्बिनी र बिहीबार सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ । यी दुवै खेल हारेपनि उसले फाइनल खेल्ने पक्का भईसकेको छ । पुलिससँग उपाधिका लागि भिड्न आर्मी, सुदूरपश्चिम, एपीएफ र बागमतीमध्ये एक टिमको टुंगो लाग्न बाँकी रहेको छ ।
यसअघि माथिल्लो मूलपानी मैदानमा टस हारेको गण्डकीले ३८।३ ओभरमा अलआउट हुँदै १७० रन जोड्यो । गण्डकीका लागि अमृत गुरुङले अर्धशतक प्रहार गरे ।३९ बलमा उनले ८ चौका र २ छक्का हिर्काउँदै ५० रन जोड्दा कमल परियार र करण पंगेनीले समान ३० रन थपे भने समिर कँडेलले २९ र कृष ऐरनले १० रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ पुलिसका रासिद खानले ५ तथा करण केसी र ललित राजवंशीले समान २ विकेट लिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न