सचिन र उदयको शतकमा भारतले दियो नेपाललाई २९८ रनको विशाल लक्ष्य

काठमाडौं,१९ माघ । चौथो विकेटका लागि सचिन दास र उदय शरणबीच घातक साझेदारी बनेपछि भारतले आईसीसी यू १९ विश्वकप क्रिकेटमा नेपाललाई २९८ रनको विशाल लक्ष्य पेश गरेको छ ।
टस जितेर सुरुआतमा ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा मात्र ५ विकेट गुमाएर २९७ रनको विशाल पाली निर्माण गर्यो । भारतका लागि सचिन दास र उदय शरणले शतक हिर्काए । शतक प्रहार गरेका सचिन दाशले ११६ रन जोडे ४७।४ ओभरमा गुल्सन झाको बलबाट आउट हुनुअघि उनले १०१ बलमा ११ चौका र ३ छक्कासमेत हिर्काए ।
शतक हिर्काएका उदय शरण १०० रनमा आउट । १०७ बलको सामना गरेका उनले ९ चौका हिर्काएका थिए । उनलाई ४९।३ ओभरमा गुल्सन झाले आउट गराएका छन् ।
त्यसअघि ओपनर आदर्श सिंह १८ बलमा २१ रन, अर्का ओपनर अर्शिन कुलकर्नी ३० बलमा १८ रन र तेस्रो क्रमका प्रियांसु मोलिया ३६ बलमा १९ रन बनाउँदै आउट भएका थिए।
नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर गुल्शन झाले दिलाएका थिए । गुलशनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा उत्तम थापामगरबाट क्याच आउट गराएका थिए ।
तीव्र गतिका बलर आकाश चन्दको १४ औं ओभरको अन्तिम बलमा ओपनर आर्शिन कुलकर्णी आउट साइड एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट भए । उनले ३० बलमा २ चौका प्रहार गरे ।
त्यसअघि वाइड हुनु अघि नेपालले १४ औं ओभरको पाँचौं बलमा रन आउटको रुपमा विकेट प्राप्त गरेको थियो । प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









