चेपाङ बस्तीमा स्वास्थ्य शिविर, एक सय १२ लाभान्वित

दमौली (तनहुँ), २१ माघ । व्यास नगरपालिका–११ राम्चेस्थित चेपाङ बस्तीमा रोटर्याक्ट क्लब अफ दमौलीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका चेपाङ जातिलाई लक्षित गरी क्लबले शनिबार निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
शिविरमा समाधान हस्पिटल प्रालि, दमौली आँखा अस्पताल, ‘ए’ वान डेन्टल क्लिनिक, व्यास डाइग्नोष्टिक प्रालि र रोटर्याक्ट त्रिभुवन विश्वविद्यालयको प्राविधिक सहयोग थियो । स्वास्थ्यको सहज पहुँचबाट टाढा रहेका दुर्गम बस्तीमा हरेक वर्ष स्वास्थ्य शिविर आयोजना गर्ने योजना अनुसार रोटर्याक्टले दुर्गम चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको क्लबका अध्यक्ष अनुज विमलीले जानकारी दिए ।
शिविरबाट चेपाङ बस्तीका एक सय १२ जना लाभाविन्त भएका छन् । सो अवसरमा जनरल फिजिसियन, आँखा रोग विशेषज्ञ र दाँतसम्बन्धी विशेषज्ञबाट सेवा प्रदान गरिएको थियो । शिविरमा स्वास्थ्यपरीक्षणका साथै निःशुल्क औषधि प्रदान गरिएको थियो भने निःशुल्क मधुमेह परीक्षण र रक्तसमूह पहिचान गरिएको विमलीले जानकारी दिए ।
क्लबले एक घर, एक फस्ट एड किट अभियान अन्तर्गत ४६ परिवारलाई प्राथमिक उपचार सामग्री हस्तान्तरण गरिएको क्लबका सचिव उमेश पौडेलले जानकारी दिए ।
शिविरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले चेपाङ समुदाय चेतनाकोस्तरमा धेरै पछाडि रहेकाले उनीहरुको स्वास्थ्य, शिक्षा लगायतका आधारभूत आवश्यकतामा पहुँच बढाउन सहयोग गर्ने बताए । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’