साफ यू–१९ महिला फुटबलः आज भारत विरुद्ध खेल्दै नेपाल

काठमाडौं, माघ २३ । बङगलादेशमा जारी उमेर समुहको साफ यू–१९ महिला च्याम्पियनसिपको तेस्रो तथा समुहको अन्तिम खेलमा नेपालले आज भारत विरुद्ध खेल्दैछ । ढाकाको मुस्ताफा कमल रंगशालामा यो खेल हुनेछ ।
यसअघि भएको दोस्रो खेलमा भुटान विरुद्द नेपाल १-० गोल अन्तरले विजयी भएको थियो । उक्त खेलमा नेपालका तर्फबाट सेनु परियारले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । एक खेलमा हार र एकमा जित निकालेको नेपाल फाइनलमा पुग्ने लक्ष्य सहित मैदानमा उत्रिदैछ । २ खेल खेलेको नेपालको मात्र ३ अंक छ ।
प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेश, भारत र भुटानले सहभागिता जनाएका छन् । सहभागी चार टोली मध्ये शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित








