सूर्यविनायक धुलिखेल सडक विस्तार: घरटहरा हटाउन थालियो

भक्तपुर- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको छ लेन सडक विस्तार थालिएको छ । साथै सडक किनार र विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा पनि भत्काउन थालिएको छ ।
अरनिको राजमार्ग विस्तारमा मापदण्ड विपरीत र सडक मापदण्ड मिचेर सूर्यविनायक नगर क्षेत्रभित्र निर्माण भएका घरटहरालगायत भौतिक संरचना नेपाल प्रहरी र सूर्यविनायक नगर प्रहरीको सुरक्षामा डोजर लगाएर भत्काउन सुरु गरिएको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।
सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाले विगत एक वर्षदेखि जगातीबारदेखि साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई चरणमा एकैसाथ सडक विस्तार भइरहेको छ । कार्य क्षेत्रमा खटिएका आयोजनाको इञ्जिनीयर विवेक पाण्डेले राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्राधिकारभित्र रहेका अस्थायी संरचना भत्काउन सुरु गरिएको बताउनुभयो ।
सडक मापदण्डभित्र रहेका संरचना नभत्काइँदा सडक विस्तारमा अवरोध आएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वमा आयोजना प्रमुख, भक्तपुरका प्रहरी प्रमुख र सूर्यविनायक नगरपालिकालगायत सरोकारवाला निकायबीच भएको छलफलपछि प्रजिअ श्रेष्ठको निर्देशन र समन्वयमा त्यस्ता संरचना हटाएर सडक विस्तारमा सहजीकरण गर्न नगरबासीलाई पत्राचार गर्नुभएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २, सोमबार १०:०३‘परालको आगो’को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार २०:२१चलचित्र ‘जिरो डिग्री’ को पोखराबाट छायाङ्कन सुरु
समाचार२०८२ चैत्र १, आईतवार १८:१४डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु
समाचार२०८२ चैत्र १, आईतवार १८:०७नीलकण्ठ बहुप्राविधिक शिक्षालयमा ३९० घण्टे सिपमूलक तालिम सम्पन्न, डिप्लोमा तहका प्रशिक्षार्थीलाई विदाई






