रुकुम पूर्बका उपल्लो भागमा परेको हिमपातले हिउँदे तोरी बालीमा क्षति

रुकुम पूर्ब- हिमाली जिल्ला रुकुम पूर्बका उपल्लो भू-भागमा परेको हिमपातले हिउँदे तोरी बालीमा क्षति पुगेको छ । हिमपातले चिसो धेरै बढेर जनजीवन कष्टकर भएको बेला हिउँदे बाली नोक्सानी भएको हो ।
हिमपातसँगै दैनिक जिवनका कामकाज ठप्प हुँदा भन्दा बारीमा लगाएको बाली क्षति हुँदा दुःख लागेको पुथा उत्तरगंगा १२ का हिक्मत पर्तेलले दुखेसो पोख्नुभयो ।
यस वर्ष लामो समय खडेरी हुँदा ढिलो छरेको तोरी भर्खरै फूल फुल्दै गर्दा हिउँले क्षति पुर्याउँदा कृषकको मुहारमा आधी खुसी आधी बेखुसी छाएको छ ।
तल्लो भू-भागका बालीमा केही नभए पनि उपल्लो भू-भागमा छरेको अधिकांश हिउँदे बालीमा हिउँले क्षति पुर्याएको छ । असोज, कार्तिक महिनामासँगै बीउ छरेको तोरीमा क्षति भएपनि जौ र गहुँलाई भने राम्रो भएको पर्तेलले बताउनुभयो ।
हिमपातले उत्तर पूर्ब पुथा उत्तरगङ्गा, भुमे र सिस्ने गाउँपालिकाका उत्तरी भेगका पहाडी ठुम्का हिउँले सेताम्मै भएको छ । हिउँसँगै परेको वर्षातले सडक संजाल सबै अवरुद्ध भएको छ ।
अघिल्लो पटकको हिमपातले बालीनालीमा खासै क्षति पुगेको थिएन यसपटकको हिमपातले बालीनाली नोक्सान सँगै सवारीसाधन ठप्प भएर आवतजावत समस्या भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ मंसिर ८, आईतवार ०९:५५सोमबार जनकपुरसँग विराटनगर र कर्णालीसँग सुदूरपश्चिम भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८२ मंसिर ८, आईतवार ०८:२३आधुनिक हतियारसहित एक युवक पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ८, आईतवार ०७:४६चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ७, शनिबार १९:३१चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने








