डा. झा निःशुल्क स्वास्थ्य सेवासहित विपन्नहरुको घरदैलोमा (फोटोफिचर)

काठमाडौं, ६ फागुन । चर्म तथा यौन रोगविशेषज्ञ डा.प्रशन्न झा समाजसेवामा पनि सक्रिय छन् । उनी यतिवेला आफ्नो जिल्लामा विपन्न परिवारको घरदैलोमा निःशुल्क स्वास्थ्य सेवामा खटिएका छन् । सो क्रममा उनले निःशुल्क औषधीसमेत वितरण गरेका छन् ।
डा. झाले परिक्रमा सामुदायिक सेवा केन्द्र र गेट वेल सुन नेपाल स्किन केयर मुरलीचोकको सहकार्यमा औषधीसहित निःशुल्क स्वास्थसेवा सञ्चालन गरेका हुन् । आजदेखि जनकपुरधामको वडा न २४ को बसहियाबाट सुरु भएको घरदैलोमा औषधिसहित निःशुल्क स्वास्थसेवा सेवा प्रत्येक १५–१५ दिनको अन्तरालमा निरन्तर रूपमा हुने डा.झाले रिपोर्टर्स नेपाल डटकमलाई जनाए ।
डा.झा र सामुदायिक सेवा केन्द्रका अध्यक्ष रन्जित रायको पहलमा जकपुरधाम उप–महानगरपालिकाका २५ सै वटा वडा तथा निर्वाचन क्षेत्रका सबै वडामा बिपन्न परिवारहरूको घरदैलोमा निःशुल्क स्वास्थसेवा सुरु भएको हो ।
आजको विशेष कार्यक्रममा समाजसेवी तथा अगुवाहरु, जनमत पार्टीका नेताहरू जगदीश महतो,अनिरुद्ध ठाकुर,सुनिल यादव,सन्जिव महतो,श्रवण महतो लगायत नेताहरू सहभागी थिए । डा.झाले घर–घरमा पुगेर स्वास्थ्य जाँचसमेत गरेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न







