नेपालमा मनोरोगी र निराश हुने क्रम बढ्याे

पछिल्लो समय मानिसहरु निराश हुँदै जाने र बिस्तारै मनोरोगी हुने क्रम नेपालमा बढिरहेको छ ।
नेपालमा ८५ लाखभन्दा बढी मानिसमा कुनै न कुनै प्रकारको मानिसक समस्या रहेको एक अध्ययनले देखाएको छ सरकारी तथ्याङ्क अनुसार नेपालको कुल जनसङ्ख्या मध्य ३० प्रतिशतभन्दा बढीमा मानसिक समस्या रहेको छ।
मानसिक स्वास्थ्यसँगै आएको पछिल्लो समय आत्महत्याको समस्या पनि बढ्दै गएको छ । सरकारको तथ्याङ्क अनुसार नेपालमा दैनिक १८ देखि २० जनाले आत्महत्या गर्ने गरेका छन् । मानसिक स्वास्थ्य समस्या र आत्महत्याको सिधा सम्बन्ध रहेको छ । ६० प्रतिशत आत्महत्याको कारण डिप्रेशन अर्थात जटिल प्रकारको उदाशीनतासँग सम्बन्धित छ । आत्महत्याको समग्र कारणमा ९० प्रतिशत मानसिक स्वास्थ्य समस्या रहेको डाक्टरहरुको भनाइ छ ।
आर्थिक समस्या वा सम्बन्धमा देखा पर्ने दरार, प्रतिष्ठामा आउने आँचका कारण पछिल्लो समय मानिसहरुमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले आत्महत्यालाई रोकथाम गर्न सकिने समस्याका रुपमा पहिचान गरेको छ ।
आत्महत्या गर्ने सोच बनाएका व्यक्तिले सङ्केतमार्फत पूर्व जानकारी दिन्छ । त्यसैले परिवार वा नजिकका आफन्त तथा साथीले ध्यान दिएर सावधानी अपनाएमा आत्महत्याको जोखिम टार्न सकिने डाक्टरहरुले बताएकाछन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना
समाचार२०८२ माघ १७, शुक्रबार १४:०१मुस्ताङमा एक्यापको अर्धवार्षिक प्रगति समीक्षा: हिउँ चितुवा व्यवस्थापन र पर्यटक वृद्धिलाई प्राथमिकता
समाचार२०८२ माघ १५, बुधबार १०:१८ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
समाचार२०८२ माघ १४, मंगलवार १९:४१टोकनचौरमा कृषि क्रान्ति: अनुसन्धान केन्द्रको प्रविधिले फेरिँदै मगर बस्तीको मुहार








